शुक्रबार, असार ८ २०७५ | Fri, June 22, 2018
नेपालको समय: १९:०४ | UK Time: 14:19

एपिएफलाई महिला भलिबलको उपाधि

काठमाडौँ-राष्ट्रिय महिला भलिबल प्रतियोगिताको उपाधि एपिएफ क्लबले जितेको छ । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कवर्ड हलमा आज भएको फाइनल खेलमा एपिएफले नेपाल पुलिस क्लबलाई ३–० को सोझो सेटमा हराउँदै उपाधि जितेको हो । एपिएफले...

एन्फा महासचिवमा तुलाधर र कोषाध्यक्षमा जोशी

काठमाडौँ-अखिल नेपाल फुटबल संघ (एन्फा) को महासचिवमा इन्द्रमान तुलाधर र कोषाध्यक्षमा रवीन्द्र जोशीलाई नियुक्त गरिएको छ । एन्फाको नवनिर्वाचित कार्यसमितिको आज बसेको पहिलो बैठकले सो निर्णय गरेको हो । यसअघि तुलाधर प्रमुख कार्यकारी अधिकृत...

सातै प्रदेशमा फुटबल प्रतिष्ठान स्थापना गरिने

काठमाडौँ-अखिल नेपाल फुटबल संघ (एन्फा) का नवनिर्वाचित अध्यक्ष कर्माछिरिङ शेर्पाले सातै प्रदेशमा १४ वटा फुटबल प्रतिष्ठान स्थापनाका लागि गृहकार्य शुरु गरिने बताएका छन् । काठमाडौंमा आयोजित साक्षात्कारमा अध्यक्ष शेर्पाले फुटबललाई व्यावसायिक रुपमा विकास गर्न...

क्रिकेट प्रतियोगिताको उपाधि प्रदेश ७ लाई

काठमाडौँ-मनमोहन मेमोरियल अण्डर-१६ (१६ वर्षमुनि) राष्ट्रिय क्रिकेट प्रतियोगिताको उपाधि प्रदेश नं ७ ले हात पारेको छ । कीर्तिपुरस्थित त्रिवि मैदानमा बुधबार भएको फाइनल भिडन्तमा प्रदेश ७ ले प्रदेश नं २ लाई २४ रनले पराजित...

पल्सर अवार्डका लागि चार खेलाडी मनोनयनमा

काठमाडौँ-पल्सर स्पोर्टस् अवार्डअन्तर्गत पिपुल्स च्वाइसमा चारजना खेलाडी मनोनयनमा पर्न सफल भएका छन् । नेपाल खेलकुद पत्रकार मञ्चले प्रदान गर्ने उक्त अवार्डको मनोनयनमा फुटबलका किरण चेम्जोङ, भलिबलका मानबहादुर श्रेष्ठ, गल्फकी प्रतिमा शेर्पा र टेबल टेनिसका...

माइभ्याली गोल्डकपको उपाधि थ्रीस्टारलाई

इलाम-यहाँ आयोजित चौथो अन्तर्राष्ट्रिय आमन्त्रण माइभ्याली गोल्डकप फुटबल प्रतियोगिताको उपाधि थ्रीस्टार क्लब ललितपुरले जितेको छ । सोमबार भएको फाइनलमा मनाङ मरस्याङ्दी क्लब काठमाडौँलाई अतिरिक्त समयमा १–० गोलको संघर्षपूर्ण जीत निकाल्दै थ्रीस्टारले उपाधि चुमेको हो...

ओलम्पिक तयारीलाई फुपु जापानतर्फ

काठमाडौं- टोकियो ओलम्पिक– २०२० को तयारीका लागि जुडो खेलाडी फुपुल्हामु खत्री आइतबार जापान प्रस्थान गरेकी छन् । ओलम्पिक सोलिडारिटी कोर्सअन्तर्गत फुपु २ वर्ष ३ महिनाका लागि जापान गएकी हुन् । त्यहाँ रहँदा फुपुले टोयामोस्थित...

नेपाली क्रिकेटर अनिल इलाइट क्रिकेट खेल्न सिंगापुरतर्फ

काठमाडौँ-दोस्रो संस्करणको इलाइट क्रिकेट सिरिज खेल्न नेपाली राष्ट्रिय क्रिकेट टोलीका सदस्य अनिलकुमार शाह सिंगापुर जाँदैछन् । यही वैशाख १८ गतेदेखि सञ्चालन हुने उक्त प्रतियोगितामा अनिलले एसजी क्रिमसन टोलीबाट सहभागिता जनाउनेछन् । उनको सम्पूर्ण खर्च...

विश्वकपको खेल तालिका सार्वजनिक, उद्घाटन खेलमा इंग्ल्याण्ड र दक्षिण अफ्रिका भिड्ने

काठमाडौं-अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसीसी) ले एकदिवसीय विश्वकप २०१९ को खेल तालिका सार्वजनिक गरेको छ । बिहीबार आइसिसीले सन् २०१९ मा इंग्ल्याण्डमा हुन लागेको एकदिवसीय विश्वकपको खेल तालिका सार्वजनिक गरेको हो । उद्घाटन खेलमा आयोजक...

क्यानको संशोधित विधान पारित, निलम्बन फुकुवा हुने सम्भावना बढ्यो

काठमाडौँ- नेपाल क्रिकेट संघ (क्यान) को बिहीबार काठमाडौँमा बसेको विशेष साधारणसभाले संशोधित विधान पारित गरेको छ । साधारणसभाले अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) को निर्देशनानुसार संशोधित विधान जस्ताको त्यस्तै पारित गरेको हो । सभामा आइसिसीका...

रुसमा हुने फुटबलमा दुई नेपाली यूवाले प्रतिनिधित्व गर्ने

काठमाडौँ, ५ वैशाख – रुसमा आयोजना हुन लागेको ग्लोबल फुटबल फर फ्रेन्डशिप (एफफरएफ) कार्यक्रममा नेपालका दुईजना यूवाले प्रतिनिधित्व गर्ने भएका छन् । बाह्र वर्षीय गिरिश मास्के र अनमेश रायमाझीले रुसमा हुने ‘ग्लोबल फुटबल फर...

दिलिप स्मृतिलाई सहयोग

काठमाडौं – टप माउन्टेन तेक्वान्दो एसोसिएसन, हङकङले दिलिप स्मृति प्रतिष्ठानअन्तर्गतको दिलिप स्मृति ब्वाइज युनियन तेक्वान्दो डोजाङलाई खेल पोशाक र सामाग्री सहयोग गरेको छ । एसोसिएसनका संस्थापक गणेश गुरुङले डोजाङ प्रमुख राजेन्द्र खत्रीलाई ३० हजार बराबरको...
फेसबुक