युकीपको जीत खहरे खोला जस्तै

Shashi-Poudelयुरोपको राजनीतिमा यसपालि कुनै पनि रंगले बहुमत पाउन सकेन । यसवर्षको निर्वाचनमा न कालो न त रातो रंगको बाहुल्यता रह्यो । न पहेंलो वा न हरियो नै । यदि युरोपको २८ वटै मुलुकहरुको निर्वाचन परिणाम हे¥यौं भने युरोपियन संसद रंगीचंगी देख्ने छौं । युरोपेली मतदाताहरुले यसपालि राम्रोसँग इँजार कसे । निर्वाचन परिणाम हेर्दा वरिपरि थुप्रै दाग वा टाटाहरु देख्ने छौं । युरोपियन युनियन विरोधी दाग, रंगभेदी दाग, वाम र दक्षिणपन्थी दाग तर दुर्भाग्य केन्द्र भने झन् भन्दा झन् साँगुरिँदै गएको देख्ने छौं ।
उग्र दक्षिणपन्थीहरुले ‘अधिकार’का कुरा उठाएर युरोपियन संसदभित्र पस्न सफल भएका छन् तर कर्तव्य के हो त्यसबारे उनीहरुले निधार खुम्च्याउने प्रयास समेत गरेका छैनन् । उनीहरुको युरोप विरुद्धको वाह वाह भविष्यका लागि कति ठीक छ त्यसको उत्तर अहिले नै पाउन प्रायः असम्भव छ । उनीहरुले उठाएको नारामा यसै पनि प्रष्टता छैन । एकातिर उनीहरु युरोपियन युनियनको विरोध गर्छन् अर्कोतिर उनीहरु नै उम्मेदवार बन्छन् र भोट पाएर विजयी पनि हुन्छन् । अचम्मको दोगला चरित्र !
ग्रीसमा भने उग्र वामपन्थीहरु आफ्नो गन्तब्य सम्म पुग्न सफल भएका छन् । युरोपियन युनियनको संसद भित्र पसेर । गत चार÷पाँच वर्षअघि ग्रीस झण्डै ‘कोल्याप्स’ हुँदा युरोपियन युनियनको सहयोगमा टाउको उठाउनु परेको थियो । त्यतिखेर युरोपियन युनियन ग्रीसका लागि ‘रक्षक’ साबित भएको थियो । त्यहाँ युरोपियन युनियनको विरोध गर्ने दक्षिणपन्थीहरु बाहिरिए । उग्रवामपन्थले लक्ष्य भेट्यो । अर्कोतर्फको समुद्री किनारको मुलुक नेदरलैण्डमा उग्रदक्षिणपन्थीहरुले युरोपियन पार्लियामेन्टभित्र पस्ने टिकट काटे । फिनलैण्ड चाहिँ उनीहरुले आशा गरेकोभन्दा अलिकति पछाडि बस्ने भयो ।
जे होस् यसपालिको युरोपियन युनियनको निर्वाचनले युरोपभित्र कसरी राजनीतिको विकास भैरहेको छ भन्ने जानकारी दिन भने सफल रह्यो । जस्तै मध्यवाम र मध्यदक्षिणपन्थीहरु साँगुरिदै गएको । दशकौंदेखि युरोपियन जनताको विश्वास प्राप्त गरेर युरोपको लोकतन्त्रको ठेक्का लिएकाहरुको हात र खुट्टा भाँच्चिदै गएको । यी युरोपका स्थायित्व प्राप्त गरेका भन्ने पार्टीहरुलाई परेको दबाब बेलायत, फ्रान्स, डेनमार्क र ग्रीसमा प्रष्ट देख्न सकिन्छ । राजनीतिको मध्यभागमा बसेका युरोपका ठूला पार्टीहरु इभीपी (युरोपियन फल्क(पिपल्स) पार्टी, जसमा बेलायतको कन्जरभेटिभ पार्टी पनि पर्दछ) र पीइएस् (युरोपियन सोसलिष्ट पार्टी जसमा बेलायतको लेबर पार्टी पनि पर्दछ) यसपालिको निर्वाचन परिणामलाई हेर्दा आफ्नो विगतमा मात्र बाँचेका छन् भन्ने अनुभूति हुन्छ । उनीहरुको वर्तमान युकिप एवं फ्रन्ट नासिओनाल जस्ता उग्रदक्षिणपन्थी धार बोकेका पार्टीहरुले अपहरण गरेका छन् ।
यी दुई ठूला पार्टीहरुले प्राप्त गरेका मत जोड्दा साठी प्रतिशतभन्दा केही माथि छ । यो संख्या संकटपूर्ण नै किन नहोस् यदि मिलिजुली गए भने युरोपियन सरकार गठन गर्न पुग्छ तर यी दुवैले आप्mनै पे्रसिडेन्टका लागि उम्मेदवारी दिएका छन् । जसले गर्दा यी दुई पार्टी मिलेर युरोपियन सरकार बनाउने सम्भावना शून्य छ । राजनीतिक जोडघटाउ गर्दा सरकार बनाउनका निम्ति यी दुईमध्ये कुनै पनि पार्टीले उनीहरुको वरिपरि उभिएका रंगीबिरंगी युरोपियन पार्लियामेन्ट सदस्यहरु रिझाउनु पर्ने हुन्छ ।
प्रसंग बेलायतको
बेलायतको यसपालिको राजनैतिक विकासले विश्वलाई अचानक ध्यानाकर्षण गराएको छ । गत आइतबार रातिको एउटा दृश्य यस्तो थियो । युकिपका नेता नाइजेल फराज साउथह्यामटनको काउन्सिल भवनभित्र प्रवेश गर्दछन् । बीबीसी साउथको क्यामराम्यान र अन्य पत्रकारहरु पनि पछि पछि छन् उनका । हप्तौं दिन जाग्राम बसेजस्तो नाइजलका आँखामा चिप्रा सहजै देख्न सकिन्छ । युकिप पार्टीका उनका सहकर्मीहरु एवं पार्टी सदस्यहरु उनको नजिक घेरा हालेका छन् । एउटा अनौठो सन्नाटा टिभीमा देखिन्छ । यसैबीच एकजना पत्रकार ‘नाइजल, नाइजल’ भनेर चिच्याउँछ । नाइजल आफ्नो टाउको क्यामरातिर घुमाउँछन् अनि मुख खोलेर दाँत देखाउँदै हाँस्छन् र भन्छन् ‘मैले तिमीहरुलाई भनेको थिंएँ नि तिमीहरुबीच भूइँचालो आउनेछ । हो यही हो मैले भनेको भूइँचालो ।’
जबकि नाइजल फराज कहिल्यै पनि बेलायती संसदभित्र निर्वाचित भएका छैनन् । उनी एउटा सानो पार्टीका अध्यक्ष हुन् र उनको निधारमा रंगभेदको ठूलै दाग लागेको छ । साथै, बेलायत युरोपियन युनियनबाट बाहिरिनु पर्छ भन्छन् उनी । तर पनि बेलायतको प्रभावशाली राजनीतिज्ञ भन्ठान्छन् उनी आपूmलाई । एउटा सानो क्षेत्रीय पार्टी कुनै एउटा चुनावमा २७ प्रतिशत मत ल्याएर पहिलो पार्टी बन्छ र युरोपियन युनियनभित्र पस्छ जबकि आफ्नो मुलुकको राष्ट्रिय राजनीतिमा न्यून महत्व राख्दछ । जबकि बेलायतमा सयौं वर्षदेखि मध्यवाम र मध्यदक्षिणपन्थीहरुको बोलवाला हुँदै आइरहेको छ । त्यसैले यसपालि युकिपले त्यत्रो संख्यामा मत ल्याएर युरोपियन युनियनभित्र पस्नु भनेको साउन महिनामा उर्लने खहरे खोलाजस्तै हो भन्दा अत्युक्ति हुने छैन । यस्तैखाले खहरे खोला विगत आधा वर्षअघि भारतमा पनि आएको थियो । आम आदमी पार्टीमार्फत । भारतमा आएको खहरे खोलामा अहिले धमिरा र कमिलाले गुँड बनाएका छन् । जबकि भारतको लोकतान्त्रिक व्यवस्थालाई संसारको पहिलो लोकतन्त्र मानिन्छ त्यसैले बेलायतमा आएको खहरे खोलामा पनि केही समयपछि धमिराले गुँड बनाउने कुरामा विवाद रहने छैन । किनकि बेलायतको लोकतन्त्र त दोस्रो कोटीको लोकतन्त्र हो ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री