फार्नबोरो । गत शनिवार २७ तारिख फार्नबोरो स्थित ग्रेञ्ज कम्यूनिटी जुनिअर स्कुलको प्राङ्गनमा क्युओजिटीआर /क्युओजिएलआरका भुतपुर्व सैनिक संगठनले गृष्मकालिन वार्षिक भेटघाट कार्यक्रम मनाए ।
करिब १२ बजे शुरु भएको भेटघाट कार्यक्रममा संगठनका वर्तमान अध्यक्ष रिटायर्ड मेजर भोलामान राईले कार्यक्रममा उपस्थित सम्पूर्ण सदस्य तथा परिवाहरुलाई वर्षभरिको संगठनका पारिवारिक सदस्यहरुको दु;ख-सुख आदान-प्रदानको साथै उपस्थित सम्पूर्ण सदस्य तथा परिवारहरुलाई स्वागत गरेका थिए । त्यसपछि सदस्यता नविकरण प्रक्रिया, सदस्यता शुल्क, गोर्खा २०० वर्षगाँठको आगामी कार्यक्रमबारे र रेजिमेन्टका दुई अशक्त सदस्य दिल बहादुर लिम्बु र प्रसाद गुरुङको स्वास्थ्यवस्था बारे उपस्थित सदस्यहरुलाई जानकारी गराएका थिए । केही वर्षदेखि पक्षघातको बिमारी गुरुङ र लिम्बु हाल औषधी उपचाररत छन र दुवै सदस्यहरुलाई संगठनले केही आर्थिक सहयोग पनि गरि सकेको जानकारी सो अवसरमा दिइयो ।
गोरखा सैनिकभित्र यो रेजिमेन्ट गोर्खा बृगेडका सैनिक सामग्री तथा सेना ओसार-प्रसार गर्ने एक अभिन्न अंग लोगिस्टिक युनिट हो । यो संगठनले हरेक वर्ष पल्टनका अग्रज सिनियर, गुरुजन, समकालीन नम्बरी तथा जुनियर सदस्य भाइ र परिवारहरुसंग सैनिक जीवनमा बितेका तिता-मिठा विगतहरुलाई भेटघाटको माध्यमद्वारा दुख-सुख आदान-प्रदान गरि रमाइलो गर्ने गर्दछ ।
राम्रो मौसम र खुला वातावरणमा सबै सदस्य र परिवार बीच एकापासमा भेटघाटको सबै सदस्य तथा परिवारहरुले नाचगान गरी रमाईलो गरेका थिए । मनोरन्जनात्मक नाचगानको तथा रेफल चिठ्ठा पनि आयोजना गरिको थियो । उक्त रेफल चिठ्ठाको पहिलो पुरस्कार विजेता श्रीमती लक्ष्मी चोङ्बाङ्ले प्राप्त गरेकी थिइन् ।
कार्यक्रममा पल्टनका वर्तमान गोर्खा मेजर देवेन्द्र आले र मेजर रुद्र बहादुर खड्काको पनि उपस्थिति रहेको थियो । संगठनका सचिव येम थापाद्वारा संचालित कार्यक्रम साँझ करीब ७ बजे समापन भएको थियो ।