इस्लामावाद । अफगानिस्तानको संसद् भवनमा तालिवानले गरेको हमलाको पाकिस्तानले निन्दा गरेको छ ।
अफगानिस्तानका सुरक्षाकर्मीले प्रदर्शन गरेको सुरक्षा सशक्तताको पनि पाकिस्तान सरकारले प्रशंसा गरेको छ । अफगानिस्तानको संसद् भवनमा तालिवानहरुले सोमबार बिहान अकस्मात् गोली तथा रकेट हमला गरेका थिए ।
पाकिस्तानी विदेशमन्त्रालयले विज्ञप्ति प्रकाशन गरी यस्ता आतङ्कवादी क्रियाकलापहरुको निन्दा गर्नुका साथै आफूहरु सधँै अफगानिस्तानको सरकार र नागरिकको साथ रहेको बताएको छ ।