अङ्कारा (टर्की), २० साउन । इस्लामिक स्टेट (आईएस) विरोधी कारबाहीका लागि अमेरिकी युद्धक विमान टर्कीको उत्तर क्षेत्रमा अवस्थित इन्सरलिक हवाई मैदानमा अवतरण भएको विदेशमन्त्री मेअल्ट काबुसोग्लुले बुधबार जनाउनुभएको छ ।
“हामी र अमेरिकी सरकारबीच आईएस आतङ्कवादी समूहका गतिविधिलाई निस्तेज पार्ने अभियानस्वरुप भएको सहमतिअनुसार अमेरिकी युद्धक विमान इन्सरलिक विमानस्थलमा अवतरण भएका हुन्” टर्कीका विदेशमन्त्री राज्यद्वारा सञ्चालित टेलिभिजनसँगको कुराकानीमा काबुसोग्लुले भन्नुभयो ।
टर्कीको सरकारले आईएसविरोधी गतिविधि सञ्चालनका लागि इन्सरलिक विमान स्थल ‘अमेरिकालाई कुनै पनि समयमा उपलब्ध गराउन’ सहमति केही दिन अघिमात्रै भएको थियो ।
आईएसविरोधी सैनिक कारबाहीमा टर्कीले आवश्यकताअनुसार अमेरिकालाइ सहयोग गर्नेसमेत काबुसोग्लुले जनाउनुभयो ।