मुगु, २६ साउन । सीमाङ्कनमा कर्णाली अन्चललगायत मध्यपश्चिम क्षेत्रलाई सुदूर पश्चिममा मिलाई यो क्षेत्रका जनतालाई राणाकालीन युगमै पुरयाएको विरोधमा अखण्ड मध्यपश्चिमको माग गर्दै गत आइतबारदेखि सुरु भएको आन्दोलन अन्तर्गत आज तेस्रो दिन पनि बन्द यथावत् रहेको छ ।
आइतबार र सोमबार सरकारी कार्यालय, गैरसरकारी सङ्घसंस्था र व्यापार–व्यवसाय बन्द रहेपनि आजदेखि शैक्षिक संस्था पनि बन्द भएका छन् । सुर्खेतमा प्रहरीबाट भएको दमन र हत्याको विरोधमा सोमबार साँझ युवाले मसाल जुलुस निकालेका थिए भने आज युवा जुलुस निकालेका छन् ।