गुल्मी दिवु्रङ गाविस वडा नं ३ गल्छेकका खड्कबहादुर सार्कीको घरमाथिबाट आएको पहिरोले घर पुरिएर ३५ वर्षीया श्रीमती आशा सार्की, नौ वर्षीय छोरा गगन सार्की र तीन वर्षीया छोरी इन्दु सार्कीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रमुख हिमालयकुमार श्रेष्ठले जानकारी दिए ।
उनका अनुसार सुष्मा सार्की र रिनु सार्की भने भागेर ज्यान जोगाउन सफल भएका थिए ।