काठमाडौँ, ३ भदौ । गुन्डा नाइके कुमार लामा ‘घैँटे’ प्रहरी कारबाहीमा मारिएका छन् ।
खोजतलासको क्रममा रहेको प्रहरीको टोलीलाई घैँटे नेतृत्वको टोलीले आज स्थानीय सामाखुसीमा आक्रमण गरेपछि प्रहरीको जवाफी कारबाहीमा उनी मारिएका प्रहरी प्रवक्ता कमलसिंह बमले राससलाई बताए ।
“प्रहरीमाथि जाई लागेपछि दोहोरो भिडन्तमा घाइते भएका घैँटेको उपचारका क्रममा त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा मृत्यु भएको हो” – नाइके समूहका सुरेन्द्र महर्जन र राज महर्जन घाइते भएको जानकारी दिँदै प्रहरी नायब महानिरीक्षक बमले बताए ।
दुईजना प्रहरी सहायक निरीक्षक र एकजना प्रहरी जवान पनि घाइते भएको जानकारी दिँदै उनले ती तिनैजनाको वीर अस्पतालमा उपचार भइरहेको बताए ।
साथै घैँटे समूहका महर्जनद्वयको त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा उपचार भइरहेको जानकारी पनि उनले दिए ।
कुमार घैँटेको प्रहरी इन्काउटरमा मृत्यु भएपछि शिक्षण अस्पताल महाराजगञ्जमा जम्मा भएका घँैटेका समर्थक युवाहरु । तस्बिर ः प्रदीपराज वन्त, रासस