विराटनगर भन्सारको परिसरमा थन्किएका ८२ वटा इन्धन बोकेका ट्याङ्कर, मालवाहक ट्रकका साथै राजमार्ग आसपासमा रहेका सवारीसाधन गरी दुई सय १० वटा गाडीलाई सुरक्षित स्थानमा पुरयाएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।
त्यसैगरी सुनसरीबाट सुरक्षा घेरामा आएका गाडीलाई जिल्लाको सीमावर्ती निमुवामा आफ्नो नियन्त्रणमा लिई गन्तव्यमा पठाइएको छ । सो क्रममा विराटनगरतर्फ आउन खोजेका राजमार्गका क्षेत्रका गाडीसमेत गरी भारततर्फ जाने एक सय ४० वटा गाडीलाई सीमा कटाई भारतमा पठाइएको छ । यसका साथै ६८ वटा गाडीलाई सुरक्षित साथ विराटनगर भन्सारको परिसरमा राखिएको छ । रासस