गोसाइँकुण्ड क्षेत्र विकास समितिका अध्यक्ष संजीव डिएमका अनुसार यस वर्षको मेला भर्न एक हजार भक्तजन आएको अनुमान गरिएको छ ।
पाँच हजार भक्तजन गोसाइँकुण्ड पुग्ने अनुमान गरिए पनि भूकम्पका परकम्प दिनानुदिन आइरहँदा भक्तजनमाझ त्रास सिर्जना भइरहनु र अर्कोतर्फ १२ वर्षे गोदावरी मेला यसैवर्ष परेका कारण गोसाइँकुण्डका यात्रु घटेको अनुमान गरिएको छ ।
गोसाइँकुण्ड जाने भक्तजनलाई नेपाली सेना नारायण दल गण, नेपाल प्रहरी, हिमालयन उद्धार सङ्घ, जिल्ला स्वास्थ्य कार्यालय स्थानीय होटल व्यवसायी समेतका निकायले सहयोग पुरयाएको गोसाइँकुण्ड क्षेत्र विकास समितिले जनाएको छ । रासस