काठमाडौँ, १४ भदौ । भारतीय राजदूतावासले भारतका गृहमन्त्री राजनाथ सिंहले नेपालमा एक करोड भारतीय रहेको भन्ने कुनै पनि अभिव्यक्ति नदिएको जनाएको छ ।
यहाँस्थित दूतावासले आज विज्ञप्ति प्रकाशन गरी गृहमन्त्री सिंहले भारत महाराजगन्ज उत्तर प्रदेशको एक कार्यक्रममा त्यस खालको अभिव्यक्ति नदिएको स्पष्ट पारेको हो ।
नेपालका मधेसी समस्याको समाधान गर्न नेपाल आफँै सक्षम रहेको समेत राजदूतावासको विज्ञप्तिमा उल्लेख छ ।