काठमाडौँ, १६ भदौ । दोस्रो संविधानसभाको निर्वाचनपछि गठित व्यवस्थापिका–संसद्बाट हालसम्म २४ विधेयक पारित गरी प्रमाणीकरण भएका छन् ।
संसद्मा ७१ विधेयक तथा अध्यादेश र आठ सन्धि, सम्झौता, आदेश तथा अभिसन्धि दर्ता भएकामा ४४ विधेयक र आठ सन्धि, सम्झौता, आदेश तथा अभिसन्धि छलफलसाहित पारित हुने क्रममा छन् ।
पहिलो अधिवेशनबाट संबैधानिक परिषद्को कामकर्तव्य र अधिकार, सम्पति शुद्धीकरण, कसुरजन्य सम्पत्ति नियन्त्रण, पारस्पारिक कानुनी सहायता, संविधानसभा सदस्य निर्वाचन, सङ्गठित अपराध, स्वास्थ्य सेवा, बेपत्ताको छानबिन तथा सत्य निरुपणलगायत १४ अध्यादेशलाई प्रतिस्थापन गर्ने विधेयक प्रमाणीकरण भएको संसद् सचिवालय विधेयक शाखाका अधिकृत उद्वीर नेपालीले राससलाई बताउनुभयो ।
उहाँका अनुसार दोस्रो अधिवेशनमा निजामती सेवा ऐन, बोक्सी, कार्यस्थलमा हुने यौनजन्य दुव्र्यवहार, राष्ट्रिय युवा परिषद्, सरकारका अर्थसम्बन्धी प्रस्ताव कार्यान्वयनका साथै बजेटसँग सम्बन्धित विनियोजन, राष्ट्र ऋण उठाउने र ऋण तथा जमानत विधेयक तथा पेस्की खर्च २०७१ प्रमाणीकरण भइसकेको छ ।
भूकम्पबाट प्रभावित संरचनाको पुनःनिर्माण गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको अध्यादेश २०७२ लाई संसद्ले अनुमोदन गरेको छ ।