काठमाडौँ, २० भदौ । न्याय परिषद्ले मेडिकल कलेजसँग सम्बन्धिन मुद्दामा अनियमितता भएको सम्बन्धमा अनुसन्धान सुरु गर्ने भएको छ ।
न्याय परिषद्को आज बसेको बैठकले सो सम्बन्धमा अनुसन्धान गर्न न्याय परिषद्का सदस्यद्वय रामप्रसाद सिटौला र रामप्रसाद श्रेष्ठलाई जिम्मा दिइएको छ ।
‘मेडिकल कलेजसँग सम्बन्धित मुद्दामा रकम लिएर सम्बन्धित पक्षलाई जिताइ दिने’ गरेको भनी केही न्यायाधीश तथा कानुन व्यवसायीलाई आरोप लाग्दै आएको छ ।
न्याय परिषद्ले सम्बन्धित मुद्दाका मिसिलहरु झिकाएर अध्ययन गर्ने भएको हो ।