नयाँ दिल्ली, २१ भदौ । दक्षिण भारतको आन्ध्र प्रदेशमा आइतबार चट््याङ लागेर कम्तीमा पनि २० व्यक्तिको मृत्यु भएको स्थानीय सञ्चारमाध्यमले जनाएका छन् ।
इन्डो एसियन समाचार सेवाले सोमबार बिहान दिएको जानकारीअनुसार भारी वर्षापछि सो चट्याङ् परेको हो र त्यसका कारण ठूलो क्षति पुगेको छ ।
भारतमा जुन र अक्टोबर महिनामा हरेक वर्ष चट्याङ् परेपछि भारी वर्षा हुने गरेको छ । यसमा परी कयौँ नागरिकको ज्यान जाने गर्छ ।
यस्तै प्राप्त अर्काे एक समाचारअनुसार भारी वर्षाको कारण कम उचाई भएका ती क्षेत्रका इलाकाहरुमा पनि बाढीले सताउने समेत जनाइएको छ ।
भारतका कयौँ भागमा भारी वर्षापछि बाढीले सताउने गरेको पाइन्छ । उत्तरपूर्वी भारतीय राज्य आसाममा बाढी र वर्षासँग सम्बन्धित घटनामा परेर ३० भन्दा बढी व्यक्तिको मृत्यु भएको जनाइएको छ ।