काठमाडौँ, ३१ भदौ । नेपाली सेनाको प्रवक्ताको जिम्मेवारी सहायक रथी ताराबहादुर कार्कीले सम्हाल्नु हुने भएको छ ।
सहायक रथी कार्कीले अहिलेसम्म नेपाली सेनाको पोखरास्थित पश्चिम पृतनाको चिफ अफ स्टाफको जिम्मेवारी सम्हाल्दै आउनुभएको छ ।
सैनिक मुख्यालयले उहाँलाई उक्त जिम्मेवारी दिने सिफारिस गर्दै कार्यान्वयनका लागि मन्त्रिपरिषद्मा प्रस्ताव पठाइसकेको छ ।
त्यसैगरी, दुई वर्षदेखि प्रवक्ताको जिम्मेवारी सम्हाल्दै आउनुभएका सहायक रथी जगदीशचन्द्र पोखरेलले शिवपुरीस्थित सैनिक कमाण्ड तथा स्टाफ कलेजलाई नेतृत्व प्रदान गर्नुहुने भएको छ ।
सहायक रथी कार्की र प्रवक्ता पोखरेल सहपाठी हुनुहुन्छ । मन्त्रिपरिषद्ले सेनाको उक्त प्रस्ताव अनुमोदन गरेसँगै उहाँहरु दुवैले एक दुई दिनभित्रै औपचारिकरुपमा नयाँ जिम्मेवारी सम्हाल्नु हुने बताइएको छ ।
सहायक रथी कार्की र पोखरेल अहिले जिम्मेवारी हस्तान्तरण र बुझबुझारथको चरणमा हुनुहुन्छ । रासस