काठमाडौँ, ५ असोज । तेत्तीस दलीय मोर्चाले नेपाललाई बिखण्डन गर्ने खालका गतिविधि रोकी वास्तविक मधेसी नागरिकको मर्म र भावनालाई सम्मान गर्दै सहमतिको नयाँ आयाम खोज्न आन्दोलनरत पक्षसँग माग गरेको छ ।
मोर्चाका संयोजक युवराज सफलले आज विज्ञप्ति जारी गरी नेपालको आन्तरिक मामिलाका विषयमा निर्णय लिन नेपाली राजनीतिक दलहरु नै सक्षम, सबल र आत्मनिर्भर भएकाले आन्तरिक मामिलामा हस्तक्षेप गरी नेपाल र नेपालीलाई दुखित पार्ने कार्य नगर्नसबै छिमेकी मुलुकसँग आग्रह गर्नुभएको छ ।