सप्तरी, २० असोज । संयुक्त मधेसी मोर्चाले अह्वान गरेको अनिश्चितकालीन तराई मधेश बन्दका कारण अलपत्र परेका ५५० सवारीसाधनलाई जिल्ला प्रहरी कार्यालय सप्तरीले सुरक्षा दिएर आज गन्तव्यसम्म पुरयाएको छ ।
पूर्व–पश्चिम राजमार्ग अन्र्तगत सिरहाको लहानमा रोकि राखेको २६५ यातायातका साधनलाई सप्तरी हँुदै सुनसरीसम्म र सुनसरीको कोशी ब्यारेजबाट सप्तरी हुँदै २८५ वटा सवारी साधनलाई सिरहासम्म पुरयाइएको कार्यालयले जनाएको छ ।