काठमाडौँ, २७ कात्तिक । भाइटीकाका दिन आज नेताहरुले आफ्ना दिदीबहिनीको हातबाट टीका थापेर आशीर्वाद लिनुभएको छ ।
आज बिहान ११ः५५ बजेको शुभसाइतमा नेपाली काँग्रेसका कार्यवाहक सभापति रामचन्द्र पौडेलले तीन बहिनीबाट आफ्नै निवास बोहोराटारमा भाइटीका लगाउनुभयो ।
बहिनीहरु कृष्णकुमारी आचार्य, रमादेवी मिश्र र चन्दा ओझाले उहाँलाई टीका लगाई दिनुभएको हो ।
यसैगरी, पूर्व प्रधानमन्त्री एवम् नेकाका वरिष्ठ नेता शेरबहादुर देउवाले काँग्रेस नेत्री मीना पाण्डे, सुशीला खड्का र गोमा साहबाट टीका लगाउनुभयो ।
पूर्व प्रधानमन्त्री एवम् एकीकृत नेकपा (माओवादी)का अध्यक्ष पुष्पकमल दाहालले भने टीका लगाउनुभएन ।
पूर्व प्रधानमन्त्रीद्वय माधवकुमार नेपालले भने बुबाको बरखीका कारण यस पटकको तिहारमा टीका नलगाउनुभएको उहाँका सहयोगी मोहन गौतमले जानकारी दिनुभयो ।
राप्रपा नेपालका अध्यक्ष कमल थापाले बहिनीहरू रीता थापा, वशु कार्की र मिन्टु विष्टको हातबाट टीका लगाउनुभयो ।