पृथ्वीनारायण शाहबाट एकीकरण शुरु भएको आधुनिक नेपाल सुगौली सन्धि पछि खुम्चेर बसेपछि राणाहरुले ब्रिटिसको गुलामी भएर नेपालको अस्तित्व जोगाइ राखे । सन् १९४७ मा भारत बेलायती साम्राज्यबाट मुक्त भएपछि नेपाललाई कहिल्यै पनि स्वतन्त्र र सार्बभौम राष्ट्रको रुपमा मानेकै छैन । २००७ साल पछिका घटनाक्रम हेर्ने हो भने प्राय बलियो पक्षलाई सधै कमजोर पार्न भारत उद्यत रहेको देख्न सकिन्छ । चाहे १७ सालको काण्ड होस या ३६, ४६ या ६३ सालको, यी सबै घटनामा भारतको नै निर्णायक भूमिका भएको हामी सबैका सामु घाम जस्तै छर्लंग छंदैछ ।
यसको मतलब दोष जति सबै भारतलाई भन्न खोजिएको होइन । धेरै कुराहरु हामा आफ्नै राजनीतिज्ञको अदूरदर्शीता, पदलोपता, कुसंस्कारको उपज नै हो भन्दा अत्युक्ति नहोला । देश भन्दा आफू या पार्टी ठूलो ठान्ने, सत्ताको लागि जस्तोसुकै चाकरी, चाप्लुसी गर्ने, इमान्दारी र नैतिकताको धज्जी उडाउने परम्पराको क्रमिक बिकास हुदै आउदाको प्रतिफल नै देशले अहिले भोगिरहेको छ ।
त्यसमाथि पनि हिँसाबाट राजनीतिक उपलब्धि पाइन सकिन्छ भन्ने गलत नजर ६३ साल पछि धेरै बिकास भयो । आफ्नो अधिकारको उपयोग गर्दामा अर्काको अधिकार हनन नहुने प्रजातान्त्रिक परिपाटीलाई उपहास गर्ने काम धेरै हदमा भएर नै संसद देखि सडकसम्म हिंसाको शिकार अद्यावधिक रुपमा निरन्तर चलिरहेछ ।
एम्बुलेन्समा तोडफोड भएको, औषधि जलाइएको, प्रहरी मारिएको दुखद घटना सुन्दामा हामी सबैको रक्तचाप उम्लेर आउछ नै । मानबता बिरुद्द यो भन्दा जघन्य अपराध अरु के हुन सक्छ र ? तर यी भन्दा दारुण अपराध गरि नेपाली समाजले कहिल्यै पनि नभोगेको र नदेखेको ज्याजदी र क्षति माओबादीको दश बर्षे युद्दमा भयो । आखिरीमा सबै योजना परदेशीको आशिर्बादको कारण नै रहेछ भन्ने कुरा पर्दाफास भइहाल्यो । यिनका एजेन्डा, काम, सोचले नेपालले अहिले कुन रुपमा भोगिरहेछ भन्ने सबैकुरा पुष्टि गरिरहेको छदैछ ।
सिक्किममा भारतको गिद्दे नजर तब त्यहाको राजा माथि पर्यो तब राजालाई एकताको प्रतिकको रुपमा देखियो । त्यहाको राजा फाल्न भारतले अनेक झाल झेल गरेपछि सम्भब भयो । राजाको अबसान पछि धेरै अस्तिरता बनाउदै हुदै सिक्किम भारतमा बिलय हुन बाध्य भयो । तत्कालिन लेन्डुप दोर्जेले पछि सबै कुरा बुझे तर उनको बसभन्दा बाहिर गइसकेको हुनाले एक स्वतन्त्र राष्ट्र सिक्किमको बिलय भयो ।
भूपरिवेष्ठित देश हुनाले नेपालको अवस्था सिक्किमसंग धेरै मिल्न आउछ । चीन नभएको भए भारतले नेपालमा धेरै पहिला गोलमाल गरिसक्ने नै थियो । चीनलाई आफ्नो राष्ट्रियता बाहेक खास नेपालसंग अरु मतलब छैन । अरु देशका राजदूतहरु भनेको त गेस्टहाउसका ग्राहाक जस्तै हुन् । आफू खुशी टिप्स दिने नै हो, अरु आश गर्नु बेकार नै हो ।
१५ सालको चुनाबमा बीपी कोइरालाले दुइतिहाईले जितेपछि उनलाई हटाउन भारतले १७ सालमा राजा महेन्द्रले गरेको कदमलाई समर्थन गर्यो । राजा महेन्द्रले कोदारी राजमार्गको कुरा अघि बढाई चीनसँग नजिक भएपछि भारतले राजालाई सहयोग गर्न छोड्यो । सन् १९६२ मा नेपाली कांग्रेसलाई सशस्त्र आन्दोलनमा सहयोग गर्न तयार भयो भारत । तर, त्यहि बेलामा भारत र चीनको युद्द भएपछि यो कुरा पछि पर्यो ।
भारतले ४५ सालमा नाकाबन्दी लगाएर राजालाई घुंडा टेकाउन बहुदलबादीहरुलाई समर्थन गर्यो । त्यसपछि राजा र संसदबादी दलको बिरुद्द माओबादीलाई साथमा लिएर आफ्नो स्वार्थसिद्दको लागि लागेको कुरा अहिले आएर छर्लंग भएकै छ । राजसंथालाई रास्ट्रियताको लागि मजबुत ठानेको भारतले सिक्किममा झैँ नेपालमा पनि आफ्नो अबिष्ट इच्छा पुरा गर्न राजतन्त्र फाल्न विकल्पमा उत्तम माओबादीलाई ठान्यो । आफ्ना एजेन्डा सहित सहयोग गर्यो । हाल आएर मदेशबादी दललाई उपयोग गरेर नाकाबन्दीको कार्डले जनजीबन अस्तव्यस्त पारेर आफ्नो प्रभुत्व कायम राख्न गरेको सिधा हस्तक्षेपलाई सबैले भोगिरहेको अवस्था छदैछ ।
सबैकुरा भारतलाई मात्रै दोष दिएर हुदैन । सबैले आ-आफ्नो रास्ट्रिय स्वार्थ अनुसार नीति चलाउने नै हो । नेपालको राष्ट्रियताको सन्दर्भमा खासगरी यसलाई कमजोर बनाउने काम खासगरी ४६ सालबाट भएको देख्न सकिन्छ । सत्तासिन व्यक्ति या पार्टीहरुले आफ्नो व्यक्तिगत स्वार्थ पुरा गर्न जहिले पनि भारत कै हात लिएकै यथार्थ हामी सामु छदैछ । आफ्नो स्वार्थ सिद्दिको लागि हरेक कुरामा भारतलाई गुहार्ने परिपाटी बिकास भयो । फलत: हरेक पार्टीका धेरै नेताहरु उनीहरुको कार्ड बन्न पुगे । यसको ज्वलन्त उदारहण १२ बुदे समझदारीलाई हेर्न सकिन्छ ।
यस अबधिमा मात्रै नेपालका ९३ वटा भन्दा धेरै ठूला उद्योगहरु बन्द भए, ३० प्रतिशतबाट बढेर व्यापार घाटा ८० प्रतिशत बढ्यो । कानुनी राज्यको मान्यतालाई धज्जी उदाउदै सत्ता भएको अ-आफ्ना मान्छेहरुको भर्ति केन्द्र हुन पुग्यो । आफ्नो विषयमा दक्ष हासिल गरेका मान्छेहरुको अबमुल्यन भयो । अहिलेको कुटनीति प्राय शुन्यमा हुनु, नाकाबन्दीको अन्तराष्ट्रियकरण हुन नसक्नु, भारतसंग उपलब्धिमुलक बार्ता हुन नसक्नु सक्षम मान्छेको अभाब महसुश हुन थालेको छ ।
नेपालको राजतन्त्रवाट धेरै पीडित बिपी कोइराला होलान तर उनले राजाबिनाको नेपाल कमजोर हुने कुरा बुझेर सदा संवैधानिक राजतन्त्रको वकालत गरिरहे । मदन भण्डारीले पनि बहुदलीय जनवादमा संबैधानिक राजतन्त्र आत्मसात गरे । कृष्णप्रसाद भट्टराईले “म त राजाबादी हुँ” भनेर ६२/६३ को आन्दोलनमा बोल्दा उनको धेरै आलोचना भयो । यिनीहरुले राजालाई बोक्नुपर्ने कारण केहि थिएन, खाली आफ्ना अनुभवले राजतन्त्र बिना नेपाल कमजोर हुन्छ भन्ने दुरदर्शिता थियो । ज्ञानेन्द्रले गल्ति गरे भन्दामा संस्थालाइ नै मास्नु अदूरदर्शी भन्ने कुरा अहिलेको घटनाक्रमले बताइरहेको छ । मदन भण्डारीको हत्या, बिरेन्द्रको बंशनास, गणतन्त्रको प्रादुर्भाव सबै स्व गिरिजाप्रसाद कोइरालाले भन्ने गरेको “ग्रान्ड डिजाइन” हो कि भन्ने पट्टि ध्यान जान्छ ।
भारतले चाहेको आफ्नो प्रभुत्व सदा कायम राख्ने, भुटानीकरण गर्ने, नदीनालाको दीर्घकालीन उपयोग गर्ने नै अहिलेको नाकाबन्दी हो भनेर बुझ्न सकिन्छ । यस नाकाबन्दीको भोगाइबाट अब भारतसंगको सम्बन्ध पृथक रुपबाट हेर्नु पर्दछ । नेपालले सक्षमताको लागि हरेक क्षेत्रमा अघि ससक्त भएर बढ्नु पर्छ । नेपालको राष्ट्रिय हितको लागि सबै नेताहरु एक रुपवाट एकै संदेश प्रबाह गर्नु पर्छ । चीनसँगको नाका सम्बन्ध बिस्तार गर्नुपर्छ । यो समय लागें हुनाले दुरगामी लक्ष्य हुने हो ।
अहिलेको नेपालको संकटको घडीमा चतुर कुटनीतिले काम गर्नु पर्छ । नेपालको राष्ट्रिय अखण्डतामा खलबल हुने कुनै सम्झौता गर्नु सबै नेपालीको लागि धोखा हुन्छ । दुख अरु सहन तयार छन् नेपालीहरु तर पुर्खाले आर्जेको मुलुकको स्वाभिमान कायम राख्नु सबैको कर्तव्य हुन आउंछ । आफ्नो स्वार्थवाट माथि उठेर बिगतका अनुभवबाट पाठ सिकेर आफ्नो देश आफुले नै बनाउनु पर्छ भन्ने जागरण भए आउदो बीस बर्षमा नेपालको कायापलट हुनेनै छ । यस्तो भयो भने नेपालको राष्ट्रियता मजबुत पक्कै हुनेछ ।