काठमाडौँ, ९ मङ्सिर । सत्ता साझेदार दलका शीर्ष नेताका वीचमा तराई मधेसमा जारी आन्दोलनले उत्पन्न गरेको समस्या र संविधान संशोधन कसरी गर्नेलगायतका विषयमा छलफल भएको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा आज भएको सो छलफलमा प्रधानमन्त्री केपी शर्मा ओली, एकीकृत नेकपा (माओवादी) का अध्यक्ष पुष्पकमल दाहाल र उपप्रधान, भौतिक पूर्वाधार तथा यातायात मन्त्री विजयकुमार गच्छदार सहभागीता रहेको थियो ।
प्रधानमन्त्रीका प्रेस सल्लाहकार प्रमोद दाहालले दिनुभएको जानकारी अनुसार उहाँहरुका वीचमा ईन्धन आपूर्तीका बारेमा पनि छलफल भएको थियो ।
सो अवसरमा एनेकपा(माओवादीका) अध्यक्ष दाहालले तराई मधेसको समस्या समाधान गर्न आफूले मङ्गलबार आन्दोलनर पक्षसँग भएको छलफलका विषयमा प्रधानमन्त्री ओली तथा उपप्रधानमन्त्री गच्छदारलाई जानकारी गराउनुभएको थियो ।