वीरगन्जको मितेरी पुलमा बिहीबार बिहान आन्दोलनकारी र भारतीय नागरिकबीच भएको झडप । भारतीय वाहन भित्रयाएको विषयमा भिडन्त हँुदा भारतीयले प्रहार गरेको ढुङ्गा र लठ्ठीबाट छजना भन्दा बढी मोर्चाका नेता तथा कार्यकर्ता घाइते भएका छन् । तस्बिर ः बिजय कुमार महतो, पर्सा, रासस
पथरी (मोरङ), १७ मङ्सिर । मधेसी मोर्चाको तीन महिनाभन्दा बढीको बन्द र भारतको अघोषित नाकाबन्दीका कारण पूर्वाञ्चलमा रु १५ अर्ब ९५ करोड ४७ लाखको नोक्सान भएको प्रतिवेदन सार्वजनिक गरिएको छ ।
उद्योग सङ्गठन मोरङले आज विराटनगरमा पत्रकार सम्मेलनको आयोजना गरी बन्द नाकाबन्दीका कारण पूर्वाञ्चलमा रु २५ लाखदेखि रु ३० लाख पूँजी भएका उद्योगले रु दुई खर्ब ५२ अर्ब लागानी गरेका छन् । ती उद्योगीले बन्दको अवधिमा बंैकलाई मात्रै रु आठ अर्ब ब्याज बुझाउनुपरेको छ । त्यस्तै छुट्टै रु एक खर्बको लागानीमा सञ्चालित उद्योगले रु तीन अर्ब ५० करोड बंैकको ब्याज सहनुपरेको छ । तीन महिनाभन्दा बढिको बन्दमा विद्युत् अडिट शुल्क रु. तीन करोड ४५ लाख तिर्नुपरेको जनाइएको छ ।
उद्योग सगठन मोरङका अध्यक्ष शिवशङ्कर अग्रबालले बन्दले अधिकांश उद्योग घाटामा गएको र कतिपय उद्योग चलाउनै नसक्ने गरी बन्द भएको बताउनभयो । उहाँका अनुसार विराटनगर र काँकडभिट्टा नाकाबाट कच्चा पदार्थ दैनिक सातसय मालवाहक सवारी आउने गरेका थिए । ती मालवाहक सवारी साधन नेपाल भित्रिन नपाउँदा दैनिक रु ७० करोड नोक्सान भएको छ ।
प्रतिवेदनअनुसार पूर्वाञ्चलमा सञ्चालित उद्योगमा काम गर्दै आएका ५० हजार मजदूरलाई दैनिक पाँचसयका दरले ज्याला तिर्नुपर्दा रु दुई अर्ब ६५ हजार सकिने गरेको छ । त्यस्तै भारतबाट विभिन्न कच्चा पदार्थ आयात हुँदा भारतमा थन्किएका सामग्रीको विलम्ब शुल्कमात्र रु २३ करोड ४६ लाख तिर्नुपरेको उल्लेख छ ।
पूर्वीमा साना र ठूला गरेर आठदेखि नौ हजारको हाराहारीमा उद्योग सञ्चालनमा छन् । जसमध्ये तीन हजार उद्योगले भारतबाट कच्चा पदार्थ आयात गर्दै आएका थिए ।