लन्डन (बेलायत), १५ पुस । बेलायती एक जोडीलाई लन्डनमा सामान्य नागरिकलाई लक्षित गरी विस्फोट गराउने योजना बनाएको भन्दै लामो जेल सजाय सुनाइएको छ ।
लन्डनको एक अदालतको मङ्गलबारको फैसलाले लन्डन आक्रमण योजना बनाएको भन्दै २५ वर्षीय मोहम्मद रहेमान र उनकी श्रीमती साना अहमद खानलाई क्रमशः २७ वर्ष र २५ वर्षको आजीवन जेल सजाय तोकिएको हो ।
उनीहरुमाथि सन् २००५ को जुलाई ७ मा एउटा व्यापारिक महल र एक रेललाई लक्षित गरी विस्फोट गराएको भन्दै यसको १० वर्षपछि जेल सजाय सुनाइएको छ ।
उक्त घटनामा एउटा आत्मघाती हमलाकारीलाई प्रयोग गरी ५२ जनाको ज्यान जाने गरी विस्फोट गराइएको थियो ।