काठमाडौँ, २१ पुस । तीन मुख्य दलसँगको वार्ताका लागि आन्दोलनरत संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका तर्फबाट पनि तीन सदस्यीय कार्यदल गठन गरिएको छ ।
सो कार्यदलमा तराई मधेस लोकतान्त्रिक पार्टीका हृदयेश त्रिपाठी, तराई मधेस सद्भावना पार्टीका रामनरेश यादव र सङ्घीय समाजवादी फोरम नेपालका राजेन्द्र श्रेष्ठ रहेको नेता श्रेष्ठले जानकारी दिए ।
यसअघि, मुख्य तीन दलका तर्फबाट यसअघिनै तीन सदस्यीय कार्यदलमा नेपाली काँग्रेसका नेता महेश आचार्य, नेकपा (एमाले) का नेता भीम आचार्य र एकीकृत नेकपा (माओवादी) का महासचिव कृष्णबहादुर महरालाई चयन गरिएको थियो ।