लन्डन । बोल्टन विश्वविद्यालयमा सामाजिक स्वास्थ सम्बन्धी विषयमा विद्यावारिधि गरिरहेका माधव रेग्मीले नेपालमा अपाङ एक परिवारलाई करिव ३२ पाउण्ड सहयोग गरेका छन् । पांचथर इम्बुङ–७ कोल्बुङका एकै परिवारका चार सन्तान अपाङ भएपछि खेप्नुपरेको पीडा विभिन्न सञ्चारमाध्यममा आएपछि रेग्मीले सहयोग स्वरुप तामाङ परिवारका लागि ५ हजार १ सय ८० रुपैयां प्रदान गरेका हुन् ।
हाल प्रचलित विनिमय दर अनुसार ३२ पाउण्डको एकसय ६० रुपैयांका दरले ५ हजार रुपैयां हुन आउंछ । दामासाहीले बांड्दा एकजनाले ८ पाउण्ड पाएका छन् ।
नेपाल पत्रकार महासंघ, पांचथरका अध्यक्ष लवदेव ढुंगानाले इम्बुङ ७ का हर्कवीर तामाङका साहिंला छोरा महेन्द्रलाई उक्त रकम प्रदान गरेका हुन् ।
पोलियो रोगका कारण हर्कवीरका चार सन्तान अहिले अपाङ जीवन बिताइरहेका छन् । चारै जना अहिले दिशा पिसाव पनि नियन्त्रण गर्न नसक्ने अवस्थामा ओछ्यान परेका समाचारमा उल्लेख छ ।