जेनेभा, १ माघ । पश्चिम अफ्रिकामा इबोलाको सङ्क्रमणको अन्त्यभएको भनी बिहीबार घोषणा गरिएको भोलिपल्टै फेरि यसका संङ्क्रमित भेटिएको समाचार छ ।
सियरालियोनमा यसको सङ्क्रमणबाट शुक्रबार एकजनाको निधन भएको विश्व स्वास्थ्य संगठनले जनाएको छ ।
एकजना २२ वर्षिया युवतीलाई यसको सङ्क्रमण भएपछि उपचारका लागि ल्याइएको र उनको निधन भएको उक्त संगठनले जनाएको छ ।