काठमाडौँ, ७ माघ । नेपाल र बङ्गलादेशबीचको व्यापार विस्तार गर्ने उद्देश्यले भृकुटीमण्डपमा आजदेखि बङ्गलादेश एक्स्पो २०१६ सुरु भएको छ ।
उक्त एक्स्पोको उद्घाटन गर्दै वाणिज्यमन्त्री दीपक बोहराले नेपाल बङ्गलादेशबीचको सम्बन्ध विस्तार, सहकार्य विस्तार र आगामी दिनको व्यावसायिक मार्गनिर्देशन समेत गर्ने विश्वास व्यक्त गर्नुभयो । मन्त्री बोहराले सरकार व्यापार विस्तारका लागि उपयुक्त माध्यम पहिचान गरी त्यसलाई अघि सार्ने योजनामा रहेको बताउनुभयो ।
नेपालका लागि बङ्गलादेशी राजदूत मसफि बिन्ते साम्सले एक्स्पोले नेपालमा उत्पादित वस्तु तथा सेवाको पहुँच बङ्गलादेशसम्म र नेपाली उत्पादनको निर्यात प्रवद्र्धन गर्न सहयोग पुरयाउनाका साथै पछिल्लो समय विकास भएका प्रविधिको नेपाल र बङ्गलादेशबीच साटासाट गर्न एक्स्पोले महत्वूर्ण योगदान पुरयाउने विश्वास गरिएको छ ।
निर्माण सामग्री, तयारी पोसाक, प्लास्टिकजन्य उत्पादन, मृतिका कला, जुट तथा जुटजन्य उत्पादन, छालाजन्य उत्पादन, कपडा, औषधिजन्य उत्पादन, सौन्दर्य सामग्री, जुत्ताचप्पल, विद्युतीय सामग्री आदि एक्स्पोका आकर्षणका रुपमा छन् । त्यसैगरी हस्तकलाका उत्पादन, कृषिजन्य उत्पादन तथा औजार, तयारी खाद्य सामग्री, प्रविधिजन्य सेवा सुविधा तथा पर्यटनसम्बन्धी वस्तु तथा सेवासमेत एक्स्पोमा छन् ।