एनआरएन साहित्य कार्यदलमा तिगेला

Biswas Tigela
लण्डन । साहित्यकार विश्वासदीप तिगेला एनअारएन भाषा तथा साहित्य कार्यदलको अध्यक्षमा चयन भएका छन् ।
गैर आवासिय नेपाली सङ्घ (एनआरएन) अन्तर्राष्ट्रिय समन्वय परिषदको ३० जनवरीमा बसेकाे ५२ औं परिषदकाे बैठकले  तिगेलालाई साे पदमा चयन गरेकाे छ ।
नेपाली भाषा, साहित्य, संस्कृति, संगीत संरक्षण तथा सम्बर्धन कार्यदलबाट छुट्टै भाषा तथा साहित्य कार्यदल बनाई साहित्यकार तिगेलालाई जिम्मेवारी दिइएको हो । तिगेला विगत २ कार्यकाल साहित्यसंग सम्बन्धित कार्यदलमा काम गर्दै आउनु भएको छ । वहाँकै पालामा पहिलोपटक नेपाली उत्कृष्ट कविताहरुलाई अंग्रेजीमा अनुवाद गरी ‘द हिमालयन वार्ड’ नामक साहित्यिक कोसेली प्रकाशन गरी एनआरएनले साहित्यिक कर्मको थालनी गरेको थियो । त्यस पछि नेपाली डायस्पोरा कविताहरु नामक अर्को कविता संग्रह प्रकाशन भएको छ ।
यसअघि नेपाली साहित्य सम्बन्धि कार्यदलको नेतृत्व पूर्व अध्यक्ष जीवा लामिछानेले गर्नुभएको थियो । अध्यक्ष तिगेलाले विश्व नेपाली साहित्य महासंघ विश्व केन्द्रीय समितिको समेत नेतृत्व गर्दै आउनु भएको छ । वहाँको महासङ्घको कार्यकाल यही आउँदो जुलाई समाप्त हुँदैछ । तिगेला विशेषतः नियात्रा विधामा कलम चलाउँछन् । वहाँ एनआरएन ब्रुनाईको पूर्व अध्यक्ष तथा हाल युकेबाट आईसिसी सदस्य हुनुहुन्छ ।
बैठकले एनआरएन युकेका पूर्व अध्यक्ष तथा पूर्व केन्द्रीय सल्लाहकार डम्बर घलेलाई पुनः केन्द्रीय सल्लाहकारमा चयन गरेको छ । एनआरएन केन्द्रमा सल्लाहकार घलेको महत्वपूर्ण भूमिका रहदै आएको छ ।
राजु सुब्बाबाट

 

प्रतिक्रिया

सम्बन्धित सामाग्री