नयाँ दिल्ली, १० फागुन । भारतको राजकीय भ्रमणमा रहनुभएका प्रधानमन्त्री केपी शर्मा ओलीसँग आज भारतको विपक्षी दल भारतीय राष्ट्रिय काँग्रेसका उपाध्यक्ष राहुल गान्धीले राष्ट्रपति भवना भेटवार्ता गर्नुभएको छ ।
प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णुप्रसाद रिमालका अनुसार उहाँहरुबीच दुई देशबीचको सम्बन्ध र आपसी हितका विषयमा कुराकानी भएको थियो । यस्तै सो पार्टीका नेता दिग्विजय सिंहले पनि प्रधानमन्त्री ओलीसँग भेटघाट गर्नुभयो ।
योचुरीसँग भेट
प्रधानमन्त्री ओलीसँग आजै भारतीय कम्युनिस्ट पार्टी(माक्र्सवादी)का नेता सीताराम योचुरी, जनता दल युनाइटेडका नेता शरद यादव, नागरिक समाजका अगुवा विजय प्रताप लगायतसँग पनि भेटवार्ता गर्नुभएको छ । प्रधानमन्त्री ओली मङ्गलबार बिहान गुजरातको भुजस्थित भूकम्पपछिको पुनःनिर्माण कार्यको अवलोकनका लागि त्यसतर्फ जानुहुनेछ ।