मुम्बइमा स्वागत ः भारतको राजकीय भ्रमणमा रहनुभएका प्रधानमन्त्री केपी शर्मा ओली गुजरातबाट मुम्बइस्थित छत्रवर्ती शिवजी अन्तर्राष्ट्रिय विमानस्थल आइपुग्नुहुँदा यहाँका मानव संशाधन मन्त्री विनोद टावडेले स्वागत गर्दै । तस्बिर ः प्रकाश सिलवाल, रासस, मुम्बई
मुम्बई (भारत), ११ फागुन । भारतको राजकीय भ्रमणका क्रममा रहनुभएका प्रधानमन्त्री केपी शर्मा ओलीले भुजस्थित भूकम्प पुनःनिर्माणको अवलोकनपछि गुजरातबाट मुम्बई पुग्नुभएको छ ।
प्रधानमन्त्री ओलीलाई मुम्बईस्थित छत्रपाटी शिवाजी अन्तर्राष्ट्रिय विमानस्थलबाट मानव संशाधन मन्त्री विनोद टावडेले स्वागत गनुभयो । उहाँ भूकम्प गएको भुज क्षेत्रलगायत गुजरातका विभिन्न भागको अवलोकन गरी अहिले मुम्बई पुग्नुभएको हो ।
प्रधानमन्त्री ओलीलाई गुजरातका गभर्नर ओपी कोह्लीले भुज विमानस्थलबाट बिदाई गनुभएको थियो गर्नुभयो भने उहाँ आज बिहान भारतको नयाँ दिल्लीबाट गुजरात जानुभएको थियो ।