म्याग्दीको दाना गाविस–२ सोलीघोप्टे भिरमा बुधबार दुर्घटना भएको तारा एयरको टुईनएटर विमान क्षतविक्षत अवस्थामा । तस्बिर ः सन्तोष गौतम, म्याग्दी, रासस
पोखरा, १२ फागुन । म्याग्दीको दाना गाउँ विकास समितिको सोलीघोप्टेमा जहाज दुर्घटनामा परी मृत्यु हुने १२ जना यात्रुको शव पोखरा विमानस्थलमा ल्याइएको छ ।
गण्डकी अञ्चल प्रहरी प्रमुख एसएसपी महेन्द्रकुमार पोखरेलका अनुसार ल्याइएका शवमध्ये क्याप्टेन रोशन मानन्धर र रेवती बरालको पहिचान खुलेको छ ।
क्याप्टेन मानन्धरको शवलाई काठमाडाँैं लाने तयारी गरिएको र अन्य शव परीक्षणका लागि पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा लगिने उहाँले जानकारी दिनुभयो
पहिचान खुलेका विनिता भट्टचन, उनको साढे दुई महिनाको छोरा र कृष्णलाल भट्टचनको शवलाई मुस्ताङमै आफन्तको जिम्मा लगाइएको छ ।
बाँकी अन्य शव पनि दुर्घटनास्थलबाट पोखरा ल्याउने तयारी भइरहेको प्रहरीले जनाएको छ ।