फलेवास (पर्वत), २८ फागुन । उपप्रधानमन्त्री चित्रबहादुर केसीले प्रधानमन्त्री एवम् नेकपा(एमाले) अध्यक्ष केपी शर्मा ओलीकै नेतृत्वमा राष्ट्रिय सहमतिको सरकार बन्ने बताउनुभएको छ ।
पर्वत जिल्लाको आठाँै जिल्ला परिषद्को आज उद्घाटन गर्दै सहकारी तथा गरिबी निवारणमन्त्री केसीले नेपाली काँग्रेस पनि यही सरकारमा सहभागी भएर राष्ट्रिय सरकार गठन हुने बताउनुभयो ।
विगतमा काँग्रेसकै कमजोरीका कारण सहमतीय सरकार बन्न नसकेको बताउँदै उहाँले सरकारमा सहभागी हुने विषयमा छलफल भइरहेको बताउनुभयो । उपप्रधानमन्त्री केसीले काँग्रेसको महाधिवेशन पछि सरकार ढल्छ भन्ने हल्ला निराधार भएको ठोकुवा गर्नुभयो । उहाँले यही सरकारसँग मुलुकलाई अघि लैजाने सामथ्र्य भएकाले नयाँ सरकारको आवश्यकता नरहेको बताउनुभयो ।
अर्को प्रशङ्गमा मन्त्री केसीले आफूले सङ्घीयतालाई बिर्सेर उपप्रधानमन्त्री नभएको बताउनुभयो । उहाँले सङ्घीयता नेपालका लागि घाडो हुने भएकाले सङ्घीयताका मामलामा रुमलिनु भन्दा भूकम्पपीडित जनताको आँशु पुछ्ने कामतर्फ लाग्न दललाई आग्रहगर्नुभयो । परिषद्को उद्घाटनमा सांसद् अर्जुनप्रसाद जोशी, विकास लम्साल र कल्पना चापागार्इँलगायत मुलुकलाई आर्थिक समृद्धिको बाटोमा लैजानुपर्नेमा जोड दिनुभएको थियो ।