अङ्कारा, १ चैत । टर्कीको राजधानी अङ्कारामा आइतबार भएको आत्मघाती बम विस्फोटमा परी मृत्यु हुनेको सङ्ख्या सोमबारसम्ममा ३६ पुगेको यहाँका स्वास्थ्यमन्त्री मेमेत मुएजिनोग्लुले बताउनुभएको छ ।
सोमबार बिहानसम्म विस्फोटमा घाइते भएका र अस्पतालमा उपचारार्थ मध्ये थप तीन जनताको मृत्यु भएको मन्त्री मुएजिनोग्लुले बताउनुभयो ।
आइतबार भएको उक्त विस्पोट गएको पाँच महिनामा तीन शक्तिशाली विस्फोट भएको सरकारले बताएको छ । विद्रोहीले प्रधानमन्त्री कार्यालय तथा संसद कार्यालय नजिकै भएको व्यस्त सडकमा विस्पोट गराएको थियो ।
स्वास्थ्यमन्त्री मुएजिनोग्लुले सरकार आतङ्कवादी र तीनका हिसांजन्य आक्रमणबाट नर्ससिने बरु सामान्य नागरिकलाई लक्षित गरी घटाइने यस्ता घटनाको डटेर सामाना गर्ने बताउँदै टर्कीबाट आतङवाद परास्त गरेरै छाडन सरकार प्रतिवद्ध रहेको बताउनुभयो ।