विराटनगर, १४ चैत । सद्भावना पार्टीको राष्ट्रिय कार्यसमितिको विस्तारित बैठक सोमबारदेखि यहाँ सुरु हुँदैछ ।
तीन दिनसम्म चल्ने सो बैठकमा वर्तमान राजनीतिक परिस्थितिका साथै मधेस आन्दोलनको मूल्याङ्कन र यसको भावी स्वरुपबारे चर्चा हुने पार्टीद्वारा आज विराटनगरमा आयोजित पत्रकारसम्मेलनमा जानकारी गराइएको हो ।
सो अवसरमा पार्टीका मोरङ अध्यक्ष चन्द्रप्रसाद राजवंशीले उक्त तीनदिने बैठकमा केन्द्रीय समितिका पदाधिकारीका साथै विभिन्न भ्रातृ र वर्गीय सङ्गठनको पदाधिकारीको सहभागिता रहने बताउनुभयो । बैठकमा पर्यवेक्षक समेत गरी ४०० प्रतिनिधिको सहभागिता रहने जनाइएको छ ।