काठमाडौँ, १५ चैत । प्रधानसेनापति राजेन्द्र क्षत्रीले मित्रराष्ट्र जनवादी गणतन्त्र चीनका जनमुक्ति सेनाका प्रमुख फाङ फेनघुईसँग आज भेटवार्ता गर्नुभएको छ ।
भेटवार्ताका क्रममा उहाँहरुबीच आपसी द्विपक्षीय हित एवम् सैनिक सम्बन्धका बारेमा छलफल भएको थियो ।
साताव्यापी चीन भ्रमणमा रहनुभएका प्रधानसेनापति क्षत्रीलाई आज बेइजिङस्थित बेयी भवनमा जनमुक्ति सेनाका प्रमुख फेनघुईले स्वागत गर्नुभएको नेपाली सेनाले जनाएको छ । सो अवसरमा प्रधानसेनापति क्षत्रीलाई चिनियाँ जनमुक्ति सेनाको एक टुकडीले सम्मान गारत अर्पण गरेको थियो ।
प्रधानसेनापति क्षत्री आजै साँझ वहाँको सम्मानमा चिनियाँ जनमुक्ति सेनाका प्रमुख फुनघुईले आयोजना गर्नुभएको रात्रिभोजमा सहभागी हुनुभयो ।