चितवन, १७ चैत । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल भारतवेष्टित राष्ट्र नभई भूपरिवेष्टित राष्ट्र भएको बताउनुभएको छ ।
आज पूर्वी चितवनको रत्ननगरमा आयोजित अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उहाँले भन्नुभयो, “नेपाल भूपरिवेष्टित राष्ट्र भएकाले भारतसँगको सम्बन्ध मजदुर र मालिकबीचको नभई सार्वभौमसत्ता सम्पन्न राष्ट्रबीचको हो ।”
चीन पनि छिमेकी मूलुक भएकाले भारत र चीन दुवैलाई हेर्ने दृष्ट्रिकोण सरकारको बराबर रहेको उहाँको भनाइ थियो ।
नेकपा(एमाले) चितवनको आयोजना गरेको भेलामा उहाँले एमाले राष्ट्रिय राजनीतिको चालक भएको भन्दै आफ्ना कार्यकर्तालाई शिर निहु¥याउने गरी कुनै पनि काम नगर्ने बताउनुभयो ।
एमालेको नेतृत्वमा संविधान जारी भएको भन्दै उहाँले अब देशले विकासको गतिलिने बताउनुभयो । विकासका लागि सरकारले एक वर्षभित्र विद्युत्भार कटौती अन्त्य गर्ने बताउँदै प्रधामन्त्री ओलीले दुई वर्षमा उपभोक्ताले मागेजति विद्युत् प्रवाह गर्ने बताउनुभयो । उहाँले पूर्व–पश्चिम राजमार्गलाई ६ लेनको सडक निर्माणका लागि सरकारले योजना तयार गरिसकेको बताउनुभयो ।
दुई वर्षभित्र केरुङ्बाट काठमाडाँै जोड्ने दुई लेनको सडक निर्माण गरिसक्ने सरकारको योजना रहेको र मुलुकलाई दुई वर्षमा नै खाद्यान्नमा आत्मनिर्भर बनाउने प्रधानमन्त्री ओलीले दावी गर्नुभयो ।