काठमाडौँ, १८ चैत । पूर्वअर्थमन्त्री एवम् नेपाली काँग्रेसका नेता डा रामशरण महत घरको भरयाङबाट लडेर घाइते हुनुभएको छ ।
बुधबार दिउँसो लडेर घाइते हुनुभएका महतको बाँया खुट्टाको कुर्कुचामा चोट लागेको छ । उहाँको अहिले ग्राण्डी अस्पतालमा उपचार भइरहेको छ । भरयाङबाट चिप्लिएर लड्नुभएका डा महतको कुर्कुचाको हड्डी फुटेको र शुक्रबार शल्यक्रिया गरिने डा महतका सहयोगी रमेश महतले जानकारी दिनुभयो ।
यसैबीच नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलसहितका नेता तथा सांसदले ग्राण्डी अस्पताल पुगी डा महतको स्वास्थ्य अवस्थाबारे जानकारी लिनुभएको छ ।