काठमाडाँै, १४ वैशाख । बृहत् फेसन डिजाइनिङ प्रतिस्पर्धा ‘भोयाज अफ क्रिएसन’को दोस्रो संस्करण आगामी जेठ ७ गते राजधानीमा हुने भएको छ ।
नेपाल इन्स्टिच्युट अफ फेसनले आज यहाँ आयोजना गरेको पत्रकार सम्मेलनमा नेपाली फेसन डिजाइनरलाई प्रवद्र्धन गर्ने उद्देश्यले उक्त प्रतियोगिता गर्न लागेको जानकारी दिएको हो । राजधानीको होटल अन्नपूर्णमा हुने प्रतियोगितमा ४८ जना डिजाइनरले फरक फरक ‘सिक्वेन्स’मा आफ्नो सृजनालाई प्रस्तुत गर्नेछन् । जसमा २० महिला र १० पुरुष मोडल सहभागी हुनेछन् ।
नेपालको सबैभन्दा ठूलो र बृहत् ‘फेसन डिजाइनिङ इभेन्ट’ भनिएको सो प्रतियोगिताका विजयीलाई रु ५० हजार नगद पुरस्कारसहित कलिउड र बलिउडको सिनेमामा डे«स डिजाइनिङको अवसर उपलब्ध गराइने छ ।
सो प्रतिस्पर्धाको ‘सो स्टपर’का रुपमा बलिउड अभिनेता राहुल रोय, भारतीय सुपर मोडल तथा अभिनेत्री साधना सिंह र लक्की सुरिन रयाम्पमा उत्रनेछन् । पत्रकार सम्मेलनमा इन्स्टिच्युटका प्रबन्ध निर्देशक अमित झाले ठाउँ नपाएर बसेका प्रतिभालाई ‘एक्सपोजर’ दिने उद्देश्यले प्रतियोगिता गर्न लागिएको बताए ।