कर्मचारी तलबमा २५ प्रतिशत वृद्धि, सामाजिक सुरक्षा भत्ता दोब्बर
व्यवस्थापिका–संसदको शनिबारको बैठकमा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०७३÷७४ को राजस्व र व्ययको वार्षिक अनुमान (बजेट) व्यवस्थापिका संसदमा पेस गर्न लाग्दै । तस्बिर ः प्रदीपराज वन्त, रासस
काठमाडौँ, १५ जेठ । व्यवस्थापिका–संसद्मा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले प्रस्तुत गर्नुभएको आव २०७३÷७४ को राजस्व र व्ययको वार्षिक अनुमान (बजेट) मा सरकारी कर्मचारीको विद्यमान तलबमानमा २५ प्रतिशत वृद्धिको व्यवस्था गरिएको छ ।
गत वर्ष वृद्धि हुन नसकेको तलब यसपटकको बजेटमा वृद्धि भएको हो ।
आव २०७३, ०७४ को राजस्व र व्ययको वार्षिक अनुमान (बजेट) मा सामाजिक सुरक्षा भत्तालाई दोब्बर गरिएको छ ।
एकल महिला, वृद्ध र अल्पसङ्ख्यकलाई सो भत्ता प्रदान गरिँदै आएको थियो । ‘आफ्नो गाउँ आफँै बनाउँ’ कार्यक्रमको बजेट पनि दोब्बर बनाइएको छ । ती कार्यक्रमहरु विसं २०५२ मा नेकपा (एमाले) नेतृत्वको सरकारकै पालामा आएको थियो ।
यसैगरी, सांसद विकास कोषको रकम बढाइ रु तीन करोड पुरयाइएको छ । पत्रकारलाई सरकारी अस्पतालमा उपचारमा लाग्ने उपचार खर्चमा ५० प्रतिशत छुटको व्यवस्था गरिएको छ भने सांसदहरुका लागि घरभाडा वृद्धि गरिएको छ ।