विकसित देशहरुमा क्रेडिट स्कोर प्रणालीको शुरुवात भएपछि बैक, वित्तीय क्षेत्र तथा अरु साधारण व्यवसायीमा ठूलो क्रान्ति नै ल्यायो । यसको सहयोगले घर किन्ने देखि ऋण दिंदा, किस्ताबन्दीमा सामान बेच्दा तथा सामान्य कार्य जस्तै टेलिफोनको लाइन दिंदा आदिमा व्यक्तिको क्रेडिट स्कोरको आधारमा दिने नदिने तय गरिन्छ ।
बेलायतमा वर्तमान सम्म आइपुग्दा प्रत्येक व्यक्तिको क्रेडिट स्कोरमा उसले लिएको ऋणको जानकारी र अरु आर्थिक पक्षलाई समेटिएको हुन्छ । क्रेडिट स्कोर प्राय यति सम्म सहि हुन्छ कि उसले सामान्य घरको बिलहरु समयमा नतिरेको, कुनै सानो किस्ताबन्दी भएपनि ढिलो तिरेको आदि सबै बिबरण क्रेडिट स्कोरमा आउछ । त्यसैले सबैलाई आफ्नू क्रेडिट स्कोर ठिक राख्न सबै तिर्नुपर्ने कुराहरु समयमा गर्न जागरूप बनाउंछ । बैक देखि दुकान सम्मको हर चिजमा उपयोगी हुने आफ्नो क्रेडिट स्कोर राम्रो बनाउन धेरै मानिसहरु क्रियाशील हुन्छन । क्रेडिट स्कोरले ग्राहकहरुलाई आर्थिक अनुसासन राख्न जागरूप पनि बनाउंछ ।
ऋण दिदा या सामान किस्ताबन्दीमा बेच्दा यी कम्पनीहरुले ग्राहकको अरु जोखिमलाई घ्यान दिनु नै नपर्ने गरि क्रेडिट स्कोरलाई बिकशित गरिएको हो । ग्राहकहरुको क्रेडिट स्कोर राख्ने मुख्य कम्पनीहरुलाई सानो शुल्क तिरेपछि ग्राहको नाम, ठेगाना अनि जन्ममितिको बिबरण कम्प्युटरमा हालेपछि केहि मिनेटमा नै उक्त ग्राहकको क्रेडिट स्कोर आइहाल्छ । अनि कम्पनीहरुले उक्त ग्राहकलाई ऋण दिदा या सामान किस्ताबन्दीमा बेच्दा, बिजुली, पानी, ग्यासको लाइन दिदामा कतिको जोखिम हुन्छ भनि हेर्दछन र आफ्नो सेवाहरु बेच्ने कि नबेच्ने भन्नेको निर्धारण गर्दछन । जति धेरै क्रेडिट स्कोर भयो उति जोखिम कम हुने र कम स्कोर भए जोखिम बढी हुने हुन्छ ।
क्रेडिट स्कोरको इतिहास
क्रेडिट स्कोर पश्चिमी देशहरुमा सन् १९८०को दसकबाट धेरै प्रयोग हुन थालेको हो । यो भन्दा अगाडी मान्छेको आफ्नो स्वयम बिबेकले क्रेडिट पाउने नपाउने तय हुन्थो । बैक तथा अरु वित्तीय संस्थाहरुले ऋण दिदा ऋणीको बिगतको इतिहास हेरेर निधो गर्ने गर्थे । यो ढिलो मात्र नभईकन मानबिय गल्तिको कारणले उति विश्वनीय पनि हुदैन थियो ।
ऋण दाताहरुले ऋणीको क्रेडिट आधारको निर्णय गर्नको लागि अंक प्रणालीलाई अबलम्बन गरी बिभिन्न आधारहरु समाबेस गरि क्रेडिट रिपोर्ट तयार पारि यसलाई सबैले उपयोग गर्न पाउने गरि शुरु गरियो । यस्तो क्रेडिट अंक पद्दतिले पहिला हुने धेरै झमेलालाई कम गरे पनि क्रेडिट पाउने व्यक्तिको सिधा नाप हुने तर व्यक्तिको खास ब्यबहारको उति नभएको थियो ।
क्रेडिट पाउने कुरामा धेरै कुरा अघि बढ्यो जब धेरै तथ्यांकहरुको विभिन्न दृष्टिबाट ऋणीको ब्यबहार थाह पाउने प्रणालीको बिकास गरियो ।
यो प्रक्रियामा हजारौ खास ग्राहकहरुको भुक्तानीको जानकारी राख्ने गरेर बनाइयो । जसले गर्दा ग्राहकहरुको क्रेडिट बानीको भविष्यबाणी गर्न निकै प्रभावकारी भयो । जब कम्प्युटरका अरु प्रोग्रामहरु संग आबद्ध भएर क्रेडिट दिने बारे कार्य गर्नलाई धेरै चाडै , निपूर्ण र उधेश्य अनुरुप ग्राहकहरुलाई उनीहरुले चाहेको बेलामा ऋण दिन सजिलो बनायो ।
क्रेडिट स्कोर बनाउने तरिका र जोखिमको श्रेणीहरु
क्रेडिट स्कोर बनाउदा करिब दस लाख ग्राहकहरुलाइ लिइन्छ जसले एकै बेलामा ऋण लिएका हुन्छन र यिनमा कसले ऋण तिर्यो या तिरेन भन्ने रेकर्ड राखिन्छ । जसले समयमा ऋण नतिरेको या तिर्न ढिलो गरेको ग्राहकहरुको पहिचान गरि यिनीहरुमा ऋण माग गर्दामा के कस्तो मिल्दो जुल्दो आधार छ भनेर पत्ता लगाउने काम गरिन्छ । क्रेडिट स्कोर बनाउनेले यसपछि यी तथ्यांकहरुको आधारमा प्रत्येक फरकहरुको आधारलाइ मिलाएर हर ग्राहकको क्रेडिट स्कोर बनाउछन ।
खास खास किसिमको ऋणहरु जस्तै गाडी या घरकोलागि ग्राहकको ऋण तिरेको तथ्यांकहरु लाइ नजिकबाट हेरेर यस्तो ऋणको निर्क्योल गरिन्छ । राम्रो बिगतमा क्रेडिट इतिहास भएको व्यक्तिले भविष्यमा पनि उही तबरले क्रेडिटको बानि गर्छ भन्ने भविष्यबाणी गरि क्रेडिटका मोडेल बनाउनेले गर्दछन ।
क्रेडिट स्कोरको निर्णय गर्दामा ऋण दिनेले प्रत्येक ग्राहकको जोखिमको तहहरुलाई अरु धेरै ग्राहकहरुको उस्तै क्रेडिट इतिहासहरुसंग दाज्छन् । यस्तो प्रक्रियाले दाज्दा ऋणदिने लाइ ग्राहकको क्रेडिट बानि जुन ठिक र उचित हुन्छ न्याय गर्न सजिलो बनाउछ ।
उदाहरणको थोरै क्रेडिट इतिहास भएको ग्राहकहरुको लेखा धेरै लामो समयसम्म भएको ग्राहकहरु संग दांजिदैन । यस्ता ग्राहकहरुको तुलना अरु कम क्रेडिट इतिहास भएको संग नै दाजिन्छ । अरु जोखिमको श्रेणीका विशेषताहरु जस्तै खाताको संख्या, जम्मा ऋण आदि भएको एउटा ग्राहकको क्रेडिट स्कोर अरु जोखिमको श्रेणीको ग्राहकको जस्तो हुन्छ नै भन्ने छैन ।
क्रेडिट स्कोरलाई ग्राहकको केहि मुख्य कुराहरु जस्तै जम्मा ऋण, खाताको किसिमहरु, ढिलो तिरिएको विवरणहरु,खाताको उमेर, चल्तीका बानीहरु आदिले प्रभाव पार्छ । अनि यिनैको आधारमा प्रत्येकको क्रेडिट स्कोर के कस्तो छ भन्ने निर्धारण गरिन्छ । स्कोरका तत्वहरुले सकारात्मक या नकारात्मक प्रभाव पार्न सक्छ । प्रत्येक ग्राहकले क्रेडिट स्कोर गर्ने कम्पनीलाई सानो शुल्क तिरेर आफ्नो क्रेडिट बारे जानाकरी लिन सकिन्छ । कसले कम स्कोर या नकारात्मक पारेको देख्न सकिन्छ ।
भारतमा चार वटा क्रेडिट स्कोर गर्ने कम्पनीलाइ लाइसेन्स दिइएको छ । यसमा सबैभन्दा लोकप्रिय सिभिल ( CIBIL) भन्ने कम्पनी हो जसले ३०० देखि ९०० सम्मको व्यक्तिको क्रेडिट स्कोर राख्छ । बेलायतमा इक्कोफ्याक्स , एक्स्पेरिया जस्ता क्रेडिट स्कोर गर्ने कम्पनीहरु छन् । अरु देशहरुमा पनि आफनो सुहाउदो क्रेडिट स्कोर बनाउने कम्पनीहरु छन् ।
बिकशित देशमा वित्तीय क्षेत्रको ब्यबसाय फस्टाएर यहाँ सम्म आइपुग्न क्रेडिट स्कोरको भूमिका सह्रानीय छ । नेपाल तथा अरु विकासशील देशहरुले आ-आफ्नो सुहाउदो क्रेडिट स्कोरको बिकास गर्न सके बैक, बित्तिय तथा अरु क्षेत्रको समयको बचत तथा जोखिम कम गर्न महत्वपूर्ण कार्य गर्ने छ । त्यस्तै ग्राहकलाइ पनि आफ्नो आर्थिक क्रियाकलाप सहि तबरले गर्न प्रोत्साहित गर्नुको साथै चाहेको बेलामा ऋण लगायत अरु वित्तीय कार्य गर्न सजिलो हुनेछ । यसबाट अरु व्यवसायको अवसर पनि बढ्ने नै छ ।
नेपालमा क्रेडिट स्कोरको चलन निकै नै बिकशित गर्न सके बैक तथा वित्तीय सँस्थाहरु र सामान्य कम्पनिको समय बचत हुनुको साथै जोखिम पनि कम गर्न मद्दत गर्ने कुरा पश्चिमी देशहरुको उदारणबाट सिक्न सकिन्छ । आ-आफ्नो देश अनुकुल आर्थिक प्रणालीको बिकास भएजस्तै नेपालको आवश्यकता अनुरुप ग्राहकको क्रेडिट स्कोर गर्ने पद्दतिको शुरुवातले आधुनिक अर्थ ब्यापारको क्षेत्रमा कोशेढुंगा साबित हुन सक्छ । क्रेडिट स्कोरले व्यक्तिको आर्थिक हैसियतको रेकर्ड राख्छ ।