बेलायती लेबर पार्टीको नेतृत्वमा नेत्री इगल कर्विनसँग भिड्ने

एन्जेला इगल

एन्जेला इगल

लण्डन । लेबर पार्टी प्रमुखका लागि हुने निर्वाचनमा प्रसिद्ध समाजवादी नेता जेरेमी कर्विनसँग उक्त पार्टीकी सांसद एन्जेला इगलले प्रतिस्पर्धा गर्ने शनिबार घोषणा गर्नुभएको छ ।

उक्त पार्टीको नेतृत्वमाथि प्रश्न चिह्न खडा भएपछि यसलाई शान्तिपूर्ण तबरले वार्ताबाट समाधान गर्न गरिएको पहल असफल भएको जनाउँदै कर्विनसँग प्रतिस्पर्धा गर्ने इगलले जनाउनुभएको छ । उम्मेद्वारी सोमबार घोषणा हुने उहाँले बताउनुभयो ।

“म पार्टी नेताको उम्मेदवारी घोषणासँगै लेबर पार्टीले गर्न सक्ने फरक कार्ययोजनासम्बन्धी दृष्टिकोण सार्बजनिक गर्नेछु”–उहाँले बताउनुभयो ।

इगलले पार्टी नेता कर्विनले पार्टीका एक तिहाई सांसदको समर्थन गुमाएको बताउनुहुँदै पार्टीलाई सङ्गठीत एवम् प्रभावकारी तबरले नेतृत्व दिन असफल भएको आरोप लगाउनुभएको छ ।
सुसङ्गठित संगठन विस्तारका लागि आफूले उम्मेद्वारी घोषणा गर्ने बताउँदै आफ्नो उम्मेद्वारीलाई अधिकांश सांसदको समर्थन रहने दाबी गर्नुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री