काठमाडौँ, १६ भदौ । प्रधानमन्त्री पुष्पकमल दाहालसँग नेपाल भ्रमणमा रहनुभएका बेलायतको अन्तर्राष्ट्रिय सहयोग विकास विभागका राज्यमन्त्री रोडेरिक जेम्स नुजेन्ट स्टेवार्टले आज शिष्टाचार भेटवार्ता गर्नुभएको छ ।
सिंहदरबारमा भएको भेटमा आपसीहित, दुई पक्षीय सहयोग तथा भूकम्पपछिको पुनःनिर्माण आदिबारे कुराकानी भएको थियो ।
उहाँहरुबीचको भेटमा खासगरीे पुनःनिर्माण, आर्थिक विकास साझेदारी र सहयोग सम्बन्धमा कुराकानी भएको प्रधानमन्त्रीका स्वकीय सचिव रमेश मल्लले जानकारी दिनुभयो । प्रधानमन्त्री दाहाललाई भेट्न राज्यमन्त्री स्टेवार्ट साँझ सिंहदरबार पुग्नुभएको थियो ।
यसअघि उहाँले उपप्रधान तथा अर्थमन्त्री कृष्णबहादुर महरासँग भेटवार्ता गर्नुभएको थियो ।