लन्डन । लामो समयको अन्तरालपछि लन्डनस्थित नेपाली दूतावासले राजदूत पाएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले डा दुर्गाबहादुर सुवेदीलाई संयुक्त अधिराज्यको लागि नेपाली राजदूत पदमा नियुक्त गरेकी छन् ।
राष्ट्रपति भण्डारीले मन्त्रिपरिषद्को सिफारिसमा परराष्ट्र मन्त्रालयका सहसचिव डा सुवेदीलाई मंगलबार सो पदमा नियुक्त गरेको राष्ट्रपति कार्यालयका सहायक प्रवक्ता ध्रुवराज आचार्यले जानकारी दिए ।
नेपालको संविधानको धारा २८२ को उपधारा (१) बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा नियुक्त भएका डा सुवेदीले ‘आधुनिक नेपालको विदेश नीति र कूटनीति’ विषयमा विद्यावारिधि गरेका छन् ।
विभिन्न विधाका आधा दर्जन कृति प्रकाशन तथा सम्पादन गरेका सुवेदी एक दर्जन विद्याका पुरस्कारबाट पुरस्कृत भइसकेका छन् ।