बग्दाद, १६ असोज । इराकमा गत महिना अर्थात सेक्टेम्बरमा भएका विभिन्न हिंसात्मक घटनामा परी एक हजार ३०० जनाले ज्यान गुमाएका इराकको लागि संयुक्त राष्ट्रसङ्घीय आयोग –युएनएमआइ) शनिबार जनाएको छ ।
युएनएमआइले शनिबार सार्वजनिक गरेको तथ्याङ्कअनुसार, घटनामा परी एक हजार १५९ जना घाइते भएका छन् । उक्त हिंसामा परी मारिएका व्यक्तिहरुमा ६०९ जना सर्वसाधारण व्यक्ति र तीनसय ९४ सुरक्षाकर्मी रहेका छन् ।
त्यसैगरी ९५१ जना सर्वसाधारण घाइते भएका छन् भने २०८ जना सुरक्षा अधिकारी घाइते भएका छन् ।
“यो निकैनै पीडादायक तथ्य हो, यति ठूलो सङ्ख्यामा इराकीको मृत्यु हुनु र घाइते हुनु स्वीकार्न नसकिने अवस्था हो,” आयोगका प्रमुख जान कुबिसले बताउनु भएको छ ।
सन् २०१४ देखि इराकको उत्तरी र पश्चिमी क्षेत्रमा इस्लामिक स्टे्ट (आइएस) आतङ्ककारी समूहले भीणषरुपमा हिंसा र हत्या मच्चाउँदै आएका छन् ।