याउन्डे, (क्यामरुन), ८ कात्तिक । अफ्रिकमूलुक क्यामरुनमा गत शुक्रबार भएको रेल दुर्घटनामा परी ज्यान गुमाउनेको सङ्ख्या ७९ पुगेको छ ।
क्यामरुनको दुई प्रमुख सहरकोबीचमा भएको यस रेल दुर्घटनास्थलबाट आइतबार ११ व्यक्तिको थप शव निकालेपछि सो सङ्ख्या ७९ पुगेको बताइएको छ ।
क्यामरुनीयन राष्ट्रपति पाउल बियाले राष्ट्रिय शोकको घोषणा गर्नुभएको छ ।
राष्ट्रपति बियाले शुक्रबार भएको दुर्घटनामा मृत्यु भएकाप्रति श्रद्धाञ्जलि व्यक्त गर्दै आज राष्ट्रिय शोकको गत शनिबार नै घोषणा गर्नुभएको थियो ।