क्वेटा (पाकिस्तान), २७ कात्तिक । दक्षिण पाकिस्तानमा इस्लामिक सुफीमा शनिबार आत्मघाती विस्फोटमा परी मृत्यु हुनेको सङ्ख्या ५२ पुगेको बताएका छन् ।
वोलिचिस्तान प्रान्तमा भएको विस्पोटमा एकसय जनाभन्दा बढी घाइते भएका बताइएको छ ।
सधैँ उक्त स्थानमा साँझपख भेला भई धमालनामक धार्मिक नाच गरिने हुँदा उक्तमठमा उल्लेख्य सङ्ख्यामा स्थानीय भेला भएका बेला गरिएको आक्रमण भएको थियो । बोलीचिस्तानका गृहमन्त्री सनुल्लाह जेहरीले घटनामा प्राय महिला र बालबालिकासहित ५२ जनाको मृत्यु भएको र एकसयभन्दा बढी मानिसहरू घाइते भएका बताउनुभएको छ ।
घटनामा घाइते बनेका केही सर्वसाधारणलाई गम्भीर चोट लागेको पाइएकाले मृतक सङ्ख्यामा थप हुनसक्ने बताइएको छ ।
घटनास्थलमा सेना र प्रहरी पुगेर बिस्तृत अनुसन्धानपछि घटनाबारे जानकारी दिन सकिने उहाँको भनाइ थियो ।
उक्त मठमा भएको आक्रमणको समाचार तयार पार्दासम्म कसैले जिम्मेवारी लिइसकेको छैन ।
राष्ट्रसङ्घ प्रमुखद्वारा निन्दा
युनाइटेड नेसन (संयुक्त राज्य अमेरिका), २८ कात्तिक । संयुक्त राष्ट्रसंघका महारचिव बान कि मुनले दक्षिण पाकिस्तानमा भएको आत्मघाती आक्रमणको शनिबार निन्दा गर्नुभएको छ ।
शनिबार पाकिस्तानको दक्षिणमा अवस्थित बोलिचिस्तान प्रान्तको एक पहाडी क्षेत्रमा भएको आक्रमणमा भएको दर्जनौं नागरिकको मृत्यु भएकोप्रति दुख व्यक्त गर्नुहुदै घटनाका योजनाकार व्यक्ति तथा समूहलाई कानुनी दायरामा ल्याउन आग्रह गर्नुभएको छ ।
यसैगरी पाकिस्तानी प्रधानमन्त्री नवाज सरिफले पनि घटनाको निन्दा गर्दै मृतकप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गर्नुभएको छ । साथै घटनामा आक्रमणकारीको निशाना बनेका सर्वसाधारणको उपचारमा कुनै कमी हुननदिन पनि स्थानीय प्रशासनसँग आग्रह गर्नुभएको छ ।