काठमाडौँ, ३ माघ । राष्ट्रपति विद्यादेवी भण्डारीकी कान्छी सुपुत्री डा निशाकुसुम भण्डारीको शुभ विवाह आज सम्पन्न भएको छ ।
राष्ट्रपति निवास शीतल निवासमा इन्जिनियर अभिषेक यादवलाई भण्डारीले बिहान १० बजे स्वयम्वरको माला लगाइदिनुभयो ।
विवाह मण्डपमा राष्ट्रपति विद्यादेवी भण्डारीकी सुपुत्री डा निशाकुसुम भण्डारी तथा किरण यादवका सुपुत्र अभिशेक यादव । तस्बिर ः रोशन सापकोटा, रासस
विवाह समारोहका लागि दुलहा आफ्ना पिता इन्जिनियर मुनीलाल, माता सांसद किरण यादवलगायत आफन्तका साथ शीतल निवास आउनुभएको थियो । विवाह समारोहमा राष्ट्रपति भण्डारी एवम् उहाँका परिवार र आफन्तजनको सहभागिता थियो ।
सो अवसरमा शुभकामना एवम् आशीर्वाद दिन परिवारजन, आफन्तजन तथा आमन्त्रित महानुभावको समेत उपस्थिति थियो ।
शीतलनिवासस्थित राष्ट्रपति निवासमा आयोजित राष्ट्रपति विद्यादेवी भण्डारीकी सुपुत्री डा निशाकुसुम भण्डारीको शुभ विवाहका अवसरमा सहभागी हुँदै पूर्वराष्ट्रपति डा रामवरण यादव लगायत । तस्बिर ः रोशन सापकोटा, रासस
शीतलनिवासस्थित राष्ट्रपति निवासमा आयोजित राष्ट्रपति विद्यादेवी भण्डारीकी सुपुत्री डा निशाकुसुम भण्डारीको शुभ विवाहका अवसरमा वरवधुलाई बधाई तथा शुभकामना दिदै सद्भवाना पार्टीका अध्यक्ष राजेन्द्र महतो । तस्बिर ः रोशन सापकोटा, रासस
राष्ट्रपति विद्यादेवी भण्डारीकी कान्छी सुपुत्री डा निशाकुसुम भण्डारी इन्जिनियर अभिषेक यादवलाई स्वयम्वरको माला लगाउँदै । सौजन्यः राष्ट्रपतिको कार्यालय