बेईजिङ, २४ माघ । चीनको एक मसाज पार्लरमा आगलागी हुँदा कम्तीमा १८ जनाको मृत्यु भएको छ ।
घटनामा परी अन्य १८ जना घाईते भएको स्थानीय सञ्चार माध्यमहरुले जनाएका छन् ।
चीनको पुर्वी झेजिङमा स्थानीय समय अनुसार आईतबार बेलुका साढे पाँच बजे तिर भएको आगलागी झण्डै दई घण्टापछि मात्रै नियन्त्रणमा लिइएको थियो ।
मृत्यु भएका मध्ये आठ जनाको घटनास्थलमै र बाँकी १० जनाको अस्पतालमा लगेपछि मृत्यु भएको जनाइएको छ ।
चीनिया सामाजिक सञ्जालहरुमा पोष्ट गरिएको आगलागीको भिडिओमा आगलागीमा परेकाहरुले जीवन जोगाउन पटकपटक भाग्ने प्रयास गरेको तर असफल भएको देखिएको छ ।
आगलागीको कारण अहिलेसम्म पनि स्पष्ट हुन नसकेको स्थानीय प्रहरीले जनाएको छ । चीनमा अग्नी सुरक्षामा खासै ध्यान दिइएको पाइँदैन । देशभरीका सवैजसो भवनमा आगलागीका बेला बाहिर निस्कने पर्याप्त ढोकाहरुको व्यवस्था नगरिएको पाइन्छ ।