वार्सा, ४ फागुन । डोनाल्ड ट्रम्प अमेरिकी राष्ट्रपति भएयताका केही हप्तामा स्पष्ट भएको छ उनी समानतावादी अग्रगामी एजेण्डाबाट पछि हट्दै छन् । यो अग्रगामी एजेण्डा ‘राजनीतिक शुद्धता’ सँग जोडिएको छ जुन निषेध अमेरिकामा मात्र होइन विश्वभर नै सुरु भएको छ ।
ट्रम्पको ह्वाइट हाउसका दुष्ट र उग्र दक्षिणपन्थी ब्रेटब्राट न्यूजका सिइओ स्टेफेन ब्याननले यो वैचारिक मार्ग लामो समयदेखि अँगालेका छन् । हामीलाई थाहा छ उनी अर्थात् ट्रम्पले भन्ने कुरालाई यस विषयमा गम्भीर र शाब्दिक दुवै अर्थमा बुझ्नु जरुरी छ ।
ट्रम्पको सङ्क्रमण सुरुमा विश्वसनीय थियो किनकि उनले आफ्नो सरकारमा धेरै गम्भिर व्यक्तिलाई चुने । तर, सपथ पछाडि भने निकै भद्रगोल सुरु भयो किनकि ट्रम्प र ब्याननले आफ्नो योजना कार्यान्वयन गर्न सुरु गरे ।
सुरुमा ट्रम्पले ब्याननलाई राष्ट्रिय सुरक्षा परिषद्को मुख्य समितिमा नियुक्त गरे । त्यसपछि रिडिङ विश्वविद्यलाय वेलायतका सङ्कास्पद प्राध्यापक टेड म्यालोक युरोपियन युनियन (इ्यु) का लागि अमेरिकी राजदूत नियुक्त गरे । म्यालोकले केही समय अगाडि यूरो अब अठार महिनामा पनि नटिक्ने भविष्यवाणी गर्दै यूरो अवमूल्यन गर्ने इच्छा व्यक्त गरे । त्यसैगरी ट्रम्पले मेक्सिकोसँग व्यापार युद्ध गर्ने सम्भावना बढाएका छन् । मुस्लिम बाहुल्य सात राष्ट्रका मानिसलाई अमेरिका भ्रमणमा प्रतिबन्ध लगाएर मुख्य अमेरिकी कम्पनीसँगै मुठभेड गदैछन् ।
ट्रम्प र ब्याननले पूरा गर्न चाहेको वैचारिक योजनाले बृहत भूराजनीतिक र आर्थिक असर निम्त्याउने छ, जसले प्रगतिशीललाई मात्र होइन, म जस्तो कट्टर कन्जरभेटिभलाई पनि चिन्तित बनाउने छ । उनीहरु कतिसम्म गर्न चाहन्छन् भन्ने बुझ्न उनीहरुको अन्तिम लक्ष्य केहो बुझ्नै पर्छ ।
अत्यन्त डरलाग्दो त के छ भने, ट्रम्प र ब्याननको एजेण्डाले इयुलाई कमजोर र अस्थिर मात्र होइन, यसलाई भङ्ग गर्नै खोजेजस्तो छ । विचार-दर्शन बाहेक कुनै विश्वासले इयुप्रति ट्रम्पको खुला वैमनश्यताको ब्याख्या गर्न सक्छ, उसको अत्यन्त हास्यास्पद राजदूत नियुक्ति अर्थात् इका सभापति डोनाल्ड टस्कलाई गरेको अपमानजनक प्रश्नः ‘छोड्नुपर्ने देश अर्को कुन हो ?’
परम्परागत भूरणनीतिक हिसाबले इयु पूर्णरुपले बिना खर्चको अमेरिकी राजनीतिक तथा शैन्य शक्तिको विस्तार हो । नाटोको महत्वपूर्ण शैन्य सर्वोच्चता र रसियाको विस्तारविरुद्ध इयुको अबरोधका कारण, अमेरिका रसियासँग सक्रिय युद्धमा होमिनबाट बच्न सक्छ । त्यसैगरी, जापानसँगै इयु भरपर्दो राजनीतिक तथा सैन्य गठबन्धन शक्ति हुन्, जसको मित्रताले अमेरिकालाई अन्तरराष्ट्रिय समुदायका लागि बोल्न सहयोग मिल्छ ।
राष्ट्रवादी धारबाट कुरा गर्दा पनि त्यस्तो कुनै परिस्थिति देखिदैन कि पश्चिमी अन्तर्राष्ट्रिय व्यवस्था भङ्ग गर्नु अमेरिकाको राष्ट्रिय स्वार्थ हो । वास्तवमा ‘अमेरिका फस्ट’ शासनले नाटोको साझेदार राष्ट्रहरुलाई इयु बाहिरका मुद्दामा अमेरिकी प्रभाव स्थगन गर्नका लागि सो समूहभित्र आफ्नो महत्व बढाउने अपेक्षा राख्छ ।
ट्रम्प र ब्याननको वैचारिक एजेण्डाबारे म सही छु भने उनीहरुले फ्रान्समा यस वर्षको चुनावमा उग्र दक्षिणपन्थी राष्ट्रिय गठबन्धनका नेतालाई सहयोग गर्न र वेलायतमा उग्र बेक्जिट पक्षधरलाई हौसला दिन मार्ग पहिल्याउनेछन् । र सायद ट्रम्पले २०१४ मा क्रिमिया कब्जापश्चात् रसियामाथि लगाएको निषेध फुकुवा गर्नेछन् । जे भए पनि, रसियाका राष्ट्रपति भ्लादमिर पुटिन र ब्यानन वैचारिक जुम्ल्याहा हुन् ।
त्यतिमात्र होइन, रक्षामन्त्री जेम्स म्याटिसले पूर्वी एसियाको भ्रमणका क्रममा दक्षिण कोरिया र जापानलाई दिएको हुनसक्ने सुरक्षा आश्वासनलाई धेरै महत्व दिनु हुदैन । यस्ता प्रतिवद्धता ट्रम्पले पोल्याण्डका राष्ट्रपतिलाई दिएको वाचा जस्तै महत्वहीन छन् ।
घरेलु हिसाले हेर्दा पनि, अमेरिकीले नियाल्नु पर्छ ट्रम्प प्रशासनले आफ्नो एजेण्डा नमाल्ने सरकारी अधिकारी वर्खास्त गर्छ र अदालतको आदेशको अपमान गर्छ । वास्वतमा, यससम्बन्धी क्रियाकलाप देखा परिसकेका छन्, न्युयोर्कमा आप्रवासी एजेन्टहरुले सङ्घीय अदालतले ट्रम्पको भ्रमण प्रतिवन्ध विरुद्ध गरेको आदेशको वेवास्ता गरिरेहेका छन् ।
व्यापार सम्भावना पनि कमजोर हुने देखिन्छ । ढिलो चाँडो ट्रम्पको अस्थिर परराष्ट्र नीतिले विश्व अर्थतन्त्र पनि भद्रगोल बनाउने, अस्थिरता निम्त्याउने र क्रमशः लगानी कम हुने छ । र अमेरिका भित्रै पनि कानूनको शासन कमजोर बनाइदा कर कटौती र विनियमनबाट आर्थिक लाभमा नकारात्मक असर पुग्नेछ ।
यस्तो योजना कार्यान्वयन हुनु ट्रम्प आफैँलाई वास्तवमै खतरनाक छ । अमेरिकी जनतालाई यो हदसम्म ध्रवीकृत गर्दा, उसले र रिपब्लिकनले २०१८ मा हुने मध्यावधि चुनाव वा २०२० मा हुने राष्ट्रपतीय चुनावमा धेरै गुमाउने छन् र ट्रम्पले महाभियोगको समेत सामना गर्नुपर्ने हुन्छ ।
ट्रम्पले यस्तो खतरा मोल्नुको पछाडि दुई सम्भाव्य व्याख्या छन् – पहिलो, अहिलेसम्म वैमनश्यताले उसका लागि धेरै काम गरेको छ, रिपब्लिकन राष्ट्रपति मनोनयन गरेर र जिताएर ।
दोश्रो व्याख्या हो–व्याननको ध्यान ट्रम्पलाई पुन राष्ट्रपति जिताउनभन्दा पनि दीर्घकालीन प्रचारमुखी अभियान सुरु गर्नमा केन्द्रित छ । यदि ब्यानन अमेरिकी राजनीतिक धरातल परिवर्तन गर्न चाहन्छन् भने, यो अभियानका लागि महाभियोग लागेको वा पराजित ट्रम्प राम्रो शहीद बन्न सक्छ । (जासेक रोष्टोस्की २००७ देखि २०१३ सम्म पोल्याण्डका उपप्रधानमन्त्री तथा अर्थमन्त्री थिए ।)
श्रोतः प्रोजेक्ट सिन्डिकेट-रासस (अनुवादः नारायणप्रसाद घिमिरे)