लन्डन । युरोपेली आयोगका प्रमुख जाँ क्लाउड जङ्करले युरोपियन युनियन (ईयू) बाट बेलायतको बहिर्गमनपछि ईयूको कार्यक्रम कस्ता रहने छन् भन्ने विषयमा बुधबार एउटा योजना सार्वजनिक गर्नु हुनेभएको छ ।
जङ्करको ‘ह्वाइट पेपर’ भनिएको उक्त कार्ययोजना युरोपेली संसदमा प्रस्तुत गरिने छ । तर यसलाई आयोगका कमिसनरहरुद्वारा मङ्गलबार अवलोकन गर्ने कार्यक्रम रहेको जङ्करका प्रवक्ता मार्गारिटिस स्किनासले बताउनुभयो ।
जङ्करद्वारा प्रस्तुत कार्यक्रमलाई युरोपेली नेताहरुले मार्च ९ र १० मा हुने सम्मेलनका क्रममा अध्ययन गरी आ-आफ््ना धारणा प्रस्तुत गर्ने कार्यक्रम भएको स्किनासले बताउनुभयो ।
बेलायतको ईयूबाट बहिर्गमनका लागि आएको बेलायतको अप्रत्यासित नतिजाले ईयूको अर्थतन्त्र र आप्रवारी समस्यालाई थप सङ्कटतर्फ धकेलिदिएको थियो । यसले ईयूका २८ सदस्य राष्ट्रबीच बेलायतसँगको आगामी सम्बन्ध र ईयूका कार्यक्रम विषयमा जटिल छलफलको विषय बनेको छ ।
‘ट्रिटी अफ रोम’ को ६० औँ वर्षगाँठका उपलक्ष्यमा बेलायत विनाको ईयूका कार्यक्रमलाई सार्वजनिक गरिन लागिएको हो । साठी वर्ष पहिले ट्रिटी अफ रोम मार्फत युरोपेली मुलुकले ईयूको घोषणा गरेका थिए ।
इटालीमा मनाइन लागेको विशेष सम्मेलनमार्फत ईयू नेताहरुवीचको छलफलपछि आगामी १० वर्षको कार्यक्रम सार्वजनिक गर्ने छन् ।