काठमाडौँ, १९ चैत । अमेरिकी विदेशमन्त्री रेक्स टिलरसन हालैको उत्तरपूर्वी एसिया भ्रमणले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनलाई उक्त क्षेत्रमा रणनैतिक सम्बन्ध स्थापनाका लागि महत्वपूर्ण मौका बनेको छ ।
खासगरी यो भ्रमण आगामी चार वर्ष ट्रम्प प्रशासनले आगामी चार वर्ष अन्तर्राष्ट्रिय रुपमा सामाना गर्नुपर्ने चुनौतीलाई सम्बोधन गर्न लिनुपर्ने अवधारणा निर्माण गर्न पनि केन्द्रीत बन्यो । उत्तर कोरियाको निरन्तर आणविक हतियारप्रतिको मोहलाई कसरी समाधान गर्ने विषयमा सम्भवत आफ्नो भ्रमणलाई प्रायः केन्द्रित गर्नुभयो ।
छोटो भ्रमणबाट टेलरसनले कति सफलता प्राप्त गर्नुभयो । यो भन्न त कठिन होला । अल्पभाषी अमेकिरी कूटनीतिज्ञले आफ्नो यात्रामा रिपोर्टर ल्याउने दशकौँ लामो अमेरिकी परम्परालाई तोड्दै भेटघाटपछि सार्वजनिक रुपमा दिएका िविज्ञप्तिले भ्रमणको समयमा भएका उपलब्धि बारे बढ्ता जानकारी आउन नसकेको भने प्रष्टै देखिन्थ्यो ।
दक्षिण कोरियामा सैन्य गतिविधि निषेधित क्षेत्रको भ्रमण गरेपछि उहाँले बाराक ओबामाद्वारा अपनाएको उत्तरको रियासगको रणनैतिक धिरताले अब काम नगर्ने प्रतिक्रिया दिनुभयो । गत दुई दशकदेखि अवलम्बन भएका असफल नीति को सटट्टा नयाँ दिनमा फरक धारणाको साथ अघि बढ्नुपर्ने बताउनुभयो । उहाँले अमेरिकी नीति निर्माताको प्रसिद्ध भनाइ सबै बिकल्प छलफलका लागि टेबलमा रहने छन् । भन्ने भनाइका साथ उत्तरलाई आगामी दिनमा हेर्न अमेरिकी धारणा सार्वजनिक गर्नुभयो । उहाँले सैन्य कारबाही पनि विचारणीय हुन सक्ने भनी सञ्चारमाध्ययमसँग प्रतिक्रिया दिनुभयो ।
टिलरसनका भनाइले कोरियाली प्रायद्विपका पत्रपत्रिकामा उचित स्थानका साथ छापिए ।
टिलरसनको सबै बिकल्पले अमेरिका अर्को युद्धको आवश्यकता उत्तरकोरियाको विषयलाई लिएर देखिेको छ भन्ने हरुका कानमा आफ्नो ठम्याइ ठक भएको भन्ने विश्वास दिलायो । तर यिनीहरु उत्तर कोरियाली क्षेप्यास्तत्रका रेन्ज बाहिर थिए । अन्ततः उनीहरुले हतारहतार वरिष्ठ अमेरिकी कूटनीतिज्ञले कोरियाली प्रायद्वीपमा उत्तर कोरियोका दादागिरीलाई प्रष्ट महसुस गरेको र उत्तर विरुद्ध आवश्यक एवम.् न्यायपूर्ण प्रटिक्रिाया दिएको बताए ।
तर टिलरसनको माथि व्यक्त भएका जस्ता बिल्कुल कडा धारणा उहाँको चीन भ्रमणमा भने देखिएन । यसरको सट्टा टिलरसनले चिनियाँहरुसँग बहुँतै सन्तुलिट धारणा आयो । अमेरिकी प्रशासन चीनसँग मिलेर उत्तर कोरियाबट सिर्जित समस्यालाई हल गर्न तयार रहेको अमेरिकी विदेशमन्त्रीको धारणा देखिएयो ।
ग्रेट पावर फ्रेमवर्कका लागि सहकार्य गर्न अमेरिकी प्रशासनले चीनको भूमिका महत्वपूर्ण हुने कुरा व्यक्त गर्नुभयो । यसबाट चीन पनि पक्कै खुसी बन्यो । टिलरसनको छोटो तर चीनको प्रत्यक्ष सम्भावना भ्रमणलाई द्विपक्षीय सम्बन्धमा सहज परिवर्तन भनी धेरैले प्रशंसा गरे तर उत्तर कोरियाली समस्या समाधान विषयमा ट्रम्प प्रशासन अझै धेरै काम गर्नुपर्ने बताइएको छ ।
यस विषयमा कुनै एक राम्रो बिकल्प पाउन नसकिएपनि अमेरिकाले धेरै नीतिलाई क्रमशः अघि सार्नुपर्नेछ । तर बिकल्प अपरिवक्व रास नबनाइकन बिहद रणनीति बन्नु जरुरी हुनेछ ।
ट्रम्प प्रशासनले प्योङयाङ आणविक समस्या समाधानका लागि जापान र दक्ष्णि कोरियोसँगको सैन्य गठबन्धनलाई मजबुद पार्न उक्त क्षेत्रमा क्षेप्यास्त्र प्रतिरोधी प्रणालीलाई थप विकास गर्न आवश्यक छ । अर्कोतिर चीनसँग प्रष्ट धारणा के बनाउन जरुरी छ भने चीन तथा अमेरिकाबीचको बलियो सम्बन्धका लागि चिनियाँ नेतालाई सैन्य गठबन्धन आवश्यक रहेको कुराबारे विश्वस्त बनाउनुपर्छ ।
वास्तवमा चीनले दक्षिण कोरियालाई अमेरिकी क्षेप्यास्त्र प्रतिरक्षा प्रणालीलाई उत्तर कोरिया विरुद्धको सङ्घर्षका लागि गर्नुपर्ने सोलका लागि नै पनि सुरक्षा चुनैती बन्न सक्ने छ भनी सावधान गराउन सफल भएको देखिन्छ । चीनले क्षेप्यास्त्र प्रतिरक्षा प्रणाली उत्तर कोरियाविरुद्ध प्रयोगमा ल्याउनु आफ्नो सुरक्षाका लागि चुनौती देखेरनै द्विपक्षीय सम्न्धका विषय लगायत व्यापारिक सम्बन्धलाई समेत कमजोर राख्न तयार देखिएको छ ।
चिनियाँहरुकहा लागि यो कुरा परम्परागत नै हुन् । तर यसलाई तोड्न अमेरिकाको पहल आवश्यक हुनेछ । यसकिसिमका प्रयासले अमेरिकासँगको सम्बन्ध कम आँकलन चीनलाई चिढ्याउन पनि सक्छ । अमेरिकाले दूरदृष्टि राख्दै भोलि दुई कोरिया पुन एकीकरण आउँदा देखिन सक्ने नतिजाप्रति सजग हुनु जरुरी छ । यद्यपि दुई कोरियाबीचको मिलन भने तत्कालै कल्पना बाहिरको कुरा जस्तो देखिन्छ । इतिहासमा यस्ता घटना नभैहाल्टन भन्ने पनि छैन । अमेरिकाले टिलरसले भने झै सबै बिकल्प खुला राख्दै उत्तरकोरियासँग पनि कूटनीतिक छलफल जारी राख्नु जरुरी नै देखिन्छ ।
जतिपनि छलपल हुनेछन पहिला बहस भएका र सहमति निर्माण भएका आधारमा नै हुनुपर्छ । पहिले गरिएका सहमतिलाई भुलेर वा बिर्सेर उत्तर कोरियासँग वार्तामा बस्दा चिनियाँ सरकारमा कयौँ व्यक्तिले बताएजस्तो वा अमेरिकी कूटनीतिक पर्यवेक्षकले सोचे जस्तो कूटनीतिक सम्बन्धको विश्वसनीयतालाई नै अवमूल्यन गरेको ठहर्न सक्छ ।
एकथरी विद्वानहरुले त सबै बिकल्प खुला राख्ने भन्दौमा प्याङयोङको क्षेप्यास्त्र परीक्षण र अमेरिकी तथा दक्षिण कोरियाबीचको वार्षिक सैन्य अभ्यासलाई पनि तत्कालै टेबलमा राख्नु बुछिमानी पूर्ण हुनेछैन । यस विचारका पक्षधरहल्े उत्तर कोरियालगायतका मूलुकहरुले समस्याको दिगो समाधानका लागि जोड घटाउ गरी छलफलका लागि ऐजेन्डा तय गर्नु राम्रो कुरा हो । तर के यसले उत्तर कोरियालगवायतका क्षेप्यास्त्र परीक्षण लाई रोक्ने छ त ? उत्तर कोरियाको क्षेप्यास्त्र कार्यक्रमसम्बन्धी सूचनामा पहुँच हुन नसक्दा यो थाहा पाउन सम्भव छैन ।
अमेरिका तथा दक्षिण कोरियाको संयुक्त सैन्य अभ्यास यदि वार्ताका लागि तत्काल हुनसक्ने तत्कालको स्थगतनले संकटका समय ती दुई मुलुकबीच रहको सहकार्यलाई कम महत्व दिएको भन्ने अर्थ लाग्न पनि सक्छ । निरन्तरका सम्पर्क, लगातारको मूल्याङ्कन र आवश्यक तयारी उत्तरको रिया विश्व राजनीतिमा जिम्मेवार बनेर नआउँदासम्म प्रयोगमा नै रहने कुरा ठिक हुनसक्छ ।
टिलरसनको एउटा आणविक हतियार विकास गर्न प्रतिबद्ध र यसलाई प्रयोग गर्न राष्ट्रसँग रणनैतिक धैर्य कायम राख्ने कुरालाई त्याग्ने धारणा सही देखिन्छ । तर यो पहिलो कदम मात्र हो । ट्रम्प प्रशासनका टिलरसन र सहकर्मीले यो नीतिलाई बृहद् एवम् सशक्ततापूर्ण रुपले योजना बनाएर मात्र स्थान दिनुपर्छ । नयाँ नीतिलाई संष्लेषण गरी एक वा दुई वाक्यमा अटाउने गरी स्पष्टपूर्ण रुपमा ल्याउनुपर्छ ।
(क्रिस्टोफर आर हिल पूर्व उपविदेशमन्त्री हुनुहुन्छ । उहाँले इराक, दक्षिण कोरिया, मेसेडोनियालगायतका देशमा अमेरिकी राजदूतका रुपमा काम गर्नुभएको थियो) – अनुवादक दिलीप प्रसाद शर्मा